याकूब 2:10-13

याकूब 2:10-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनकि जसले सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्छ तर एउटै कुरामा चुक्‍छ भने, व्‍यवस्‍थाका सबै कुरामा त्‍यो दोषी ठहरिएको हुन्‍छ। किनकि जसले “व्‍यभिचार नगर्‌” भन्‍नुभयो, उहाँले “हत्‍या नगर्‌” पनि भन्‍नुभयो। तसर्थ यदि तिमीले व्‍यभिचार गर्दैनौ तर हत्‍या गर्दछौ भने, तिमी व्‍यवस्‍थाका अपराधी भएका छौ। यसकारण तिमीहरूको बोली र व्‍यवहार स्‍वतन्‍त्रताको व्‍यवस्‍थाबमोजिम न्‍याय पाउनेहरूका जस्‍तै होस्‌। किनकि जुन मानिसले कृपा गरेको छैन, त्‍यसको न्‍याय कृपाविना नै हुन्‍छ। कृपा न्‍यायमाथि विजयी हुन्‍छ।

शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्

याकूब 2:10-13 पवित्र बाइबल (NERV)

कुनै मानिस परमेश्वरको सबै व्यवस्था पालन गर्दा कुनै एउटामा चुक्यो भने त्यो मानिस जम्मै व्यवस्था भङ्ग गरेको दोषमा पर्नेछ। परमेश्वरले भन्नु भएकोछ, “व्यभिचार नगर।” उनै परमेश्वरले भन्नु भएको छ, “हत्या नगर।” यसर्थ, यदि तिमीहरूले व्यभिचार गरेनौ तर तिमीहरूले कुनै व्यक्तिलाई मार्यौ भने पनि तिमीहरू परमेश्वरको व्यवस्था भङ्ग गरेका दोषी ठहरिन्छौ। तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ। यदि तिमीहरू अरूलाई दया गर्न चुकेका छौ भने तिम्रो न्याय भइरहेको समयमा परमेश्वरले तिमीलाई दया दर्शाउनु हुन्न। तर त्यो मानिस जसले दया देखाउँछ, उसको न्याय गरिएको समयमा ऊ निर्भय भएर रहन सक्ने छ।

शेयर गर्नुहोस्
याकूब 2 पढ्नुहोस्