याकूब 1:6-8
याकूब 1:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वाससाथ मागोस्। शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ। त्यस्तो मानिसले यो नसम्झोस्, कि उसले प्रभुबाट केही पाउनेछ। किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्थिर हुन्छ।
याकूब 1:6-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जब कसैले माग्छ, त्यसले विश्वास गर्नुपर्छ र शङ्का गर्नुहुन्न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो। त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्। दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ।
याकूब 1:6-8 पवित्र बाइबल (NERV)
तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ। व्यक्ति जसले सन्देह गर्छ, एकै समयमा दुइ भिन्न कुराहरू सोचिरहेको हुनेछन्। त्यसले गर्ने कुनै पनि कुरामा निर्णय लिनु सक्तैन। त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन।
याकूब 1:6-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर माग्दा शङ्का नगरी विश्वास राखेर माग्नुपर्छ। शङ्का गर्ने मानिस त हावाको भरमा चल्ने समुद्रको छालजस्तै हो। त्यस्ता मानिसले त प्रभुबाट कुनै कुरा पाउँछु भनेर नचिताए पनि हुन्छ। यस्तो मानिस दोधारे मन भएको र सबै कुरामा चञ्चले हुन्छ।