याकूब 1:2-6

याकूब 1:2-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ। किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ। धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ। तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ। तर त्‍यसले कत्ति पनि शङ्का नगरी विश्‍वाससाथ मागोस्‌। शङ्का गर्नेचाहिँ बतासले उचाल्‍दै पछार्दैगर्ने समुद्रका छालसमान हुनेछ।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:2-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्‌हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ; किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ। तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ। यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ। तर जब कसैले माग्छ, त्यसले विश्‍वास गर्नुपर्छ र शङ्का गर्नुहुन्‍न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:2-6 पवित्र बाइबल (NERV)

मेरो दाज्यू-भाइ अनि दिदी बहिनीहरू, जब तिमीहरूकहाँ नाना थरीका कष्टहरू हुन्छ तिमीहरू खुशी हुनुपर्छ। किनभने तिमीहरू जान्दछौ, कि यस्ता कुराले तिमीहरूको विश्वासलाई जाँच गर्दछ। अनि यसले तिमीहरूमा धैर्य सिर्जना गर्नेछ। तिमीहरूले जे गर्छौ, त्यसमा तिमीहरूको पूरा धैर्यलाई काम गर्नु देऊ। तब तिमीहरू परिपक्क अनि पूर्ण हुनेछौ, तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उद्दार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ। तर, जब तिमीहरूले परमेश्वरसित केही कुरा माग्छौ, तिमीहरूले विश्वास गर्नु पर्छ। परमेश्वर प्रति सन्देह नगर। व्यक्ति, जसले सन्देह गर्छ, त्यो सागरको लहर जस्तै हो। हावाले लहरलाई तल र माथि गराउँछ।

शेयर गर्नुहोस्
याकूब 1 पढ्नुहोस्

याकूब 1:2-6

याकूब 1:2-6 NNRVयाकूब 1:2-6 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्