याकूब 1:13-14
याकूब 1:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्वरद्वारा मेरो परीक्षा भएको हो।” किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न। तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
याकूब 1:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परीक्षामा पर्दा कसैले पनि “परमेश्वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्ट कुराहरूबाट परमेश्वर परीक्षित हुन सक्नुहुन्न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ। तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ।
याकूब 1:13-14 पवित्र बाइबल (NERV)
यदि कुनै मानिस परमेश्वरले परिक्षामा पार्नु भयो भने उसले यो भन्नुहुँदैन, “परमेश्वरले मलाई प्रलोभित गराउँदै हुनु हुन्छ।” दुष्टले परमेश्वरलाई परिक्षा तुल्याउन सक्तैन। अनि परमेश्वर स्वयंले कुनै पनि व्यक्तिलाई प्रलोभित तुल्याउनु हुँदैन। एकजना व्यक्तिलाई आफ्नै दुष्ट कुराले प्रलोभित तुल्याउँछ। उसको आफ्नै दुष्ट इच्छाले बाहिर तान्छ अनि उसलाई जालमा फँसाउँछ।
याकूब 1:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस्तो जाँचमा पर्दा कसैले पनि मलाई परमेश्वरले परीक्षा गर्नुभयो नभनोस्। परमेश्वर दुष्ट कुराको परीक्षामा पर्नुहुन्न र उहाँले अरूलाई पनि परीक्षामा पार्नुहुन्न। प्रत्येक मानिस आफ्नै खराब इच्छाले बरालिएर परीक्षामा पर्छ।