यशैया 66:1-2 - Compare All Versions

यशैया 66:1-2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभु यसो भन्‍नुहुन्‍छ, “स्‍वर्ग मेरो सिंहासन हो, र पृथ्‍वीचाहिँ मेरो पाउदान हो। मेरो निम्‍ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ? के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्‍नुहुन्‍छ। “जो आत्‍मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्‍दछ, त्‍यसलाई म आदर गर्दछु।

शेयर गर्नुहोस्
यशैया 66 NNRV

यशैया 66:1-2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेह यसो भन्‍नुहुन्छ: “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कहाँ भवन बनाउँछौ? मेरो विश्रामस्थल कहाँ हुनेछ? के मेरै हातले यी सबै थोक बनाएको होइन, र यसरी अस्तित्वमा आए?” याहवेह घोषणा गर्नुहुन्छ।

शेयर गर्नुहोस्
यशैया 66 NCV

यशैया 66:1-2 NERV (पवित्र बाइबल)

परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अँहँ! तिमीहरूले मेरा निम्ति घर बनाउन सक्तैनौं। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अँहँ! म आफैंले सम्पूर्ण चीजहरू बनाएँ। सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो। मैले गरीब, दु:खी मानिसहरूलाई हेरचाह गरें, मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरें।

शेयर गर्नुहोस्
यशैया 66 NERV

यशैया 66:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभु भन्‍नुहुन्‍छ, “स्‍वर्ग मेरो सिंहासन हो र पृथ्‍वी मेरो पाउदान हो, अब तिमीहरूले मेरो निम्‍ति कस्‍तो प्रकारको भवन, म बास गर्नलाई कस्‍तो किसिमको ठाउँ बनाउन सक्‍छौ त? सारा विश्‍व मैले नै सृजें। मेरा भय र आज्ञाहरू पालन गर्ने, नम्र र पश्‍चात्तापी मानिससित म खुसी छु।

शेयर गर्नुहोस्
यशैया 66 सरल नेपाली