यशैया 60:1-22
यशैया 60:1-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ। हेर्, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ। जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन्। “तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँछन्। तेरा छोराहरू टाढ़ाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्याइन्छन्। तब यो देखेर तँ उज्ज्वल हुनेछस्, र तेरो हृदय आनन्दले गद्गद् हुनेछ। समुद्रका धन तँतर्फ ल्याइनेछन्, जाति-जातिको सम्पत्ति तँकहाँ आउनेछ। ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाटका सबै जना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्। केदारका सबै भेड़ाबाख्राहरूका बगाल तँकहाँ जम्मा हुनेछन्। नबायोतका भेड़ाहरूले तेरो सेवा गर्नेछन्। तिनीहरू बलि स्वरूप मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, र मेरो महिमाको मन्दिरलाई म सिँगार्नेछु। “बादलझैँ उड्ने र ढुकुरझैँ तिनीहरूका गुँड़तिर उड्ने यी को हुन्? निश्चय नै टापूहरूले मलाई हेर्छन्। अगिअगिचाहिँ तर्शीशका व्यापारी जहाजहरू छन्। परमप्रभु तेरा परमेश्वरको निम्ति, अर्थात् इस्राएलका परमपवित्रका सम्मानको निम्ति तिनीहरूले तेरा छोराहरूलाई तिनका सुन र चाँदीसित टाढ़ा-टाढ़ाबाट ल्याउँछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ। “विदेशीहरूले तेरा पर्खाल फेरि बनाउनेछन्, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्। मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, तापनि मेरो निगाहमा म तँलाई टिठ्याउनेछु। तेरा सहरका मूल ढोकाहरू निरन्तर खुला रहनेछन्। मानिसहरूले तँकहाँ जाति-जातिका धन-सम्पत्ति ल्याउन र तिनका राजाहरू अगिअगि विजयीजुलूससाथ पस्न ती ढोकाहरू दिनरात कहिल्यै बन्द हुनेछैनन्। किनकि तेरो सेवा नगर्ने जाति वा राज्य नष्ट हुनेछ। त्यो बिलकुलै नष्ट हुनेछ। “लेबनानको गौरव तँकहाँ आउनेछ— सल्लोहरू र धूपीका रूखसमेत मेरो पवित्रस्थान सुन्दर बनाउनलाई आउनेछन्, र म मेरो चरणको स्थानलाई गौरवमय बनाउनेछु। तँलाई सताउनेहरूका छोराहरू तँकहाँ शिर निहुराउँदै आउनेछन्। तँलाई घृणा गर्नेहरू सबै तेरा खुट्टामा निहुरनेछन्। तिनीहरूले तँलाई परमप्रभुको सहर, इस्राएलका परमपवित्रको सियोन भन्नेछन्। “तँ त्यागिएकी र घृणित भएकी, तँबाट भएर कोही नगए तापनि म तँलाई सदाको गौरव र सबै पुस्ताको आनन्द तुल्याउनेछु। तैंले जाति-जातिहरूको दूध पिउनेछस् र राजकीय थुन चुस्नेछस्। त्यस बेला तैंले यो जान्नेछस्, कि म परमप्रभु तेरा मुक्तिदाता र तेरो उद्धार गर्ने, याकूबको परमशक्तिशाली हुँ। काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा काँसा र ढुङ्गाको सट्टा फलाम ल्याउनेछु। शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याउनेछु। तेरो देशमा फेरि कहिल्यै उपद्रव सुनिनेछैन, तेरा सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन। तर तैंले तेरा पर्खाललाई मुक्ति भन्नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा। दिनमा सूर्यले फेरि कहिल्यै तँलाई ज्योति दिनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ, किनकि परमप्रभु नै तेरो सदाको ज्योति, र तेरा परमेश्वरचाहिँ तेरो महिमा हुनुहुनेछ। तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन, र तेरो चन्द्रमा पनि घट्नेछैन। परमप्रभु तेरो सदाको ज्योति हुनुहुनेछ, र तेरो शोकका दिनको अन्त्य हुनेछ। तब तेरा सबै प्रजा धर्मात्मा हुनेछन्, र तिनीहरूले सदाको निम्ति देशको अधिकार गर्नेछन्। मेरो गौरव प्रदर्शन गर्न तिनीहरू मैले रोपेका बिरुवा, मेरो हातका काम हुन्। तिमीहरूमध्ये थोरैचाहिँ हजार हुनेछ, र सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म परमप्रभु हुँ। त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।”

यशैया 60:1-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ, र याहवेहको महिमा तँमाथि उदाएको छ। हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ, र मानिसहरूमाथि बाक्लो अन्धकार छ, तर याहवेह तँमाथि उदाउनुहुनेछ; अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ। जातिहरू तेरो प्रकाशमा आउनेछन्, र राजाहरू तेरो प्रभातको उज्यालोमा आउनेछन्। “तेरा आँखा उठाएर चारैतिर हेर्: सबै भेला भएर तँकहाँ आउँछन्; तेरा छोराहरू टाढाबाट आउनेछन्, र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्। तब तैँले हेर्नेछस् र चम्कनेछस्; तेरो हृदय उल्लासित हुनेछ र आनन्दले फुल्नेछ; समुद्रको सम्पत्ति तँकहाँ ल्याइनेछ; जातिहरूका धन तँकहाँ आउनेछ। ऊँटहरूका बथान, मिद्यान र एपाका साना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाट सबै मानिसहरू याहवेहको प्रशंसाको घोषणा गर्दै सुन र धूप बोकेर आउनेछन्। केदारका सबै बगालहरू तँकहाँ भेला गराइनेछन्; नबायोतका भेडाहरूले तेरो सेवा गर्नेछन्; मेरो वेदीमा ती भेटीस्वरूप ग्रहण गरिनेछन्, र म आफ्नो महिमित मन्दिरलाई सिँगार्नेछु। “बादलझैँ उड्ने, र आफ्ना गुँडतिर उड्ने ढुकुरहरूजस्ता यी को हुन्? निश्चय नै टापुहरूले मलाई हेर्नेछन्; टाढाबाट तेरा बालबच्चाहरूलाई ल्याउँछन्, तिनीहरूका सुन र चाँदी लिएका तर्शीशका जहाजहरू अगि-अगि छन्; ती सबै याहवेह तेरा परमेश्वर, इस्राएलका पवित्र परमेश्वरलाई सम्मान दिनका निम्ति हो; किनकि उहाँले तँलाई गौरवले सम्मानित तुल्याउनुभएको छ। “विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्, र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्। मैले रिसमा तँलाई प्रहार गरे तापनि मेरो निगाहमा म तँलाई दया देखाउनेछु। तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्; ती मुलढोकाहरू दिन र रात कहिल्यै बन्द हुनेछैनन्, ताकि मानिसहरूले तँकहाँ जातिहरूका धनसम्पत्ति ल्याउन सकून्, अर्थात् तिनीहरूका राजाहरू विजयी जुलूसको साथ पस्न सकून्। किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्; त्यो पूर्ण रूपमा सर्वनाश पारिनेछ। “लेबनानको गौरव तँकहाँ आउनेछ, सल्ला, धूपी र सिसौका रूखहरूसमेत, मेरो पवित्रस्थानलाई सिँगार्न ल्याइनेछन्; अनि म आफ्ना पवित्रस्थानलाई महिमित तुल्याउनेछु। तँलाई अत्याचार गर्नेहरूका छोराछोरीहरू तेरो सामु निहुरेर आउनेछन्; तँलाई घृणा गर्ने सबै तेरो पाउमा झुक्नेछन्, र तँलाई याहवेहको सहर, इस्राएलका पवित्र परमेश्वरको सियोन भन्नेछन्। “तँ त्यागिएकी र घृणित भएकी, तँबाट भएर यात्रा गर्ने कोही नगए तापनि म तँलाई अनन्तको निम्ति महान् र पुस्तौँ-पुस्ताहरूका निम्ति आनन्द बनाउनेछु। तैँले जातिहरूको दूध पिउनेछस्, र राजकीय स्तन चुस्नेछस्। तब तैँले जान्नेछस्, कि म याहवेह नै तेरो मुक्तिदाता, तेरो उद्धारकर्ता, याकोबका सर्वशक्तिमान् परमेश्वर हुँ। म तँलाई काँसाको सट्टामा सुन र फलामको सट्टामा चाँदी ल्याइदिनेछु। म तँलाई काठको सट्टामा काँसा र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु। म शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याइदिनेछु। तेरो देशमा फेरि हिंसा सुनिनेछैन, न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ, तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्नेछस् र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्। अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ; किनकि याहवेह नै तेरो निम्ति अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा परमेश्वर तेरो महिमा हुनुहुनेछ। तेरो सूर्य फेरि कहिल्यै अस्ताउछैन, र तेरो चन्द्रमा फेरि धमिलो हुनेछैन; याहवेह नै तेरो अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा दुःखका दिनहरू समाप्त हुनेछन्। तब तेरा सबै मानिसहरू धार्मिक हुनेछन्; अनि तिनीहरूले सदाको निम्ति देशमाथि अधिकार गर्नेछन्। मेरो महानता देखाउनको निम्ति, मैले रोपेका बिरुवाहरू, मेरा हातका कामहरू तिनीहरू नै हुन्। तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ; अनि सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म नै याहवेह हुँ; म यी प्रतिज्ञाहरू त्यसको समयमा र चाँडै पूरा गर्नेछु।”
यशैया 60:1-22 पवित्र बाइबल (NERV)
“मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ! परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ। अब अन्धकारले पृथ्वी ढाक्छ, अनि मानिसहरू अन्धकारमा पर्नेछन्। तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ। तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ। आफ्नो वरिपरि हेर! देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्। अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्। “यो भविष्यमा पूरा हुनेछ। अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ। अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्। पहिला तिमीहरू डराउनेछौ तर पछि तिमीहरू खुशीले उत्तेजित हुनेछौ। समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन्, जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्। मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्। केदारबाट आएका सारा भेंडा, मानिसहरूले जम्मा गर्नेछन, अनि तिमीहरूकहाँ ल्याइदिनेछन्, नबायोतका भेंडा़हरूले तिम्रो सेवा गर्नेछन्। तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ। अनि म ती सबै ग्रहण गर्नेछु। म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु। मानिसहरूलाई हेर! बादलहरू आकाश्मा छिटो उडेजस्तै तिनीहरू तिमीहरू कहाँ आतुरिन्दै आइरहेछन् मानौ तिनीहरू ढुकुरहरू आफ्ना गुँडहरूमा जान उडिरहे जस्तै तिनीहरू आउँदैछन्। टाढामा भएका देशहरूले मलाई पर्खिरहेछ। समान बोक्ने जहाजहरू समुद्रमा जान तयार छन्। ती जहाजहरू टाढामा भएका तिमीहरूका नानीहरू ल्याउनलाई तयार छन्। तिनीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई जो इस्राएलका परम-पवित्र हुनुहुन्छ, श्रद्धा प्रकट गर्न सुन र चाँदी बोकेर ल्याउनेछन्। परमप्रभुले तिमीहरूका लागि अचम्मका कामहरू गर्नुहुनेछ। अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्। तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्। “जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु। तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु। तिमीहरूका प्रवेशद्वारहरू सधैँ खोलिनेछन्। ती द्वारहरू दिन तथा रातमा कहिल्यै बन्द हुने छैनन जातिहरू र राजाहरूले तिमीहरूलाई आफ्ना सम्पति ल्याइदिनेछ। कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन् तर तिनीहरू नाश हुनेछन्। लबानोनका सबै महत्वपूर्ण कुराहरू तिमीहरूलाई दिइनेछ। मानिसहरूले देवदारू, धूपी रूखहरू तिमीहरूलाई ल्याई दिनेछन्। ती रूखहरू मेरो पवित्र स्थान सुन्दर बनाउनको लागि प्रयोग गरिनेछ, यो मेरो सिंहासन समक्ष एउटा चौकी जस्तो हुनेछ। अनि म यसलाई ज्यादा श्रद्धा दिनेछु। विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए, ती मानिसहरू तिम्रो समक्ष झुक्ने छन्। विगतमा, जो मानिसहरूले तिमीहरूलाई घृणा गरे ती मानिसहरू तिम्रा खुट्टामा निहुरिनेछन्। ती मानिसहरूले तिमीलाई ‘परमप्रभुका शहर’ ‘इस्राएलको परम-पवित्र “सियोन” भन्ने छन्।’ “तिमीहरू फेरि एक्लै छाडिनेछैनौ। तिमीहरू फेरि हेला हुनेछैनौ। तिमीहरू फेरि रित्तो हुनेछैनौ। म तिमीहरूलाई सदा-सर्वदा महान् बनाउँनेछु। तिमी सदा-सर्वदा खुशी हुनेछौ। जाति-जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्। यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ। तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ। तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ। तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ। “तिमीमा अहिले काँसा छ, म सुन ल्याई दिनेछु। तिमीसँग अहिले फलाम छ, म तिमीलाई चाँदी ल्याई दिनेछु। म तिम्रो काठलाई काँसा बनाई दिनेछु। म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु। जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्। त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ। “घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्। चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुनेछैन्। किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ। तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ। तिम्रो सूर्य कहिल्यै अस्ताउने छैन, फेरि तिम्रो चन्द्रमा कहिल्यै अन्ध्यारो हुनेछैन किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ। अनि तिम्रो शोकका दिन अन्त हुनेछ। “तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्। ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्। मैले ती मानिसहरू सृजना गरें। तिनीहरू अद्भूत बिरूवा हुन्, त्यो मैले आफ्नै हातले बनाएको हुँ। स-साना परिवारहरू ठूलो परिवारमा परिणत हुनेछन्। स-साना परिवार एक दरिलो जाति हुनेछ। जब समय अनुकूल हुन्छ, म परमप्रभु चाँडै आउनेछु। म ती कुराहरू घटित गर्नेछु।”
यशैया 60:1-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे यरूशलेम, उठ् र घामझैँ चम्की; परमप्रभुको गौरव तँमाथि चम्किरहेको छ! पृथ्वी र अरू जातिहरूलाई अन्धकारले ढाक्नेछ, तर तँमाथि परमप्रभुको ज्योति चम्कनेछ, उहाँको उपस्थितिको गौरव तँसित रहनेछ। जाति-जाति तेरो ज्योतितिर आउनेछन् र राजाहरू तेरो नयाँ दिनको मिरमिरे उज्यालोतिर। चारैतिर तेरा आँखा उठा र के भइरहेको छ, सो हेर्। मानिसहरू तँकहाँ आउन भेला हुन्छन्! तेरा छोराहरू टाढा-टाढाबाट आउनेछन् र छोरीहरूलाई सानी नानीझैँ बोकेर ल्याउनेछन्। त्यो देखेर तँ आनन्दले भरिनेछस्। तँ उत्तेजित भएर तेरो मन ढुकढुक हुनेछ। जाति-जातिका सम्पत्ति तँकहाँ ल्याइनेछन्। समुद्रबाट पनि धन-सम्पत्ति तँकहाँ आउनेछ। मिद्यान र एपाबाट ऊँटका लामा-लामा ताँतीहरू आउनेछन्, तिनीहरूले शेबाबाट सुन र धूप लिएर आउनेछन्। परमेश्वरले गर्नुभएका कार्यहरूको खुसीको खबर मानिसहरूले सुनाउनेछन्! केदार र नबायोतका सबै भेडाहरू बलि चढाउन तँकहाँ ल्याइनेछन् र तिनीहरू परमप्रभुको वेदीमा ग्रहण हुनेछन्। परमप्रभुले आफ्नो मन्दिर अझै धेरै महिमित बनाउनुहुनेछ। बादलझैँ उडी आउने, ढुकुर उड्दै गुँडमा फर्केझैँ आउने यी को हुन्? ती टाढा देशबाट आउने जहाजहरू हुन्, परमेश्वरका प्रजालाई लिएर ती आउँछन्। साथै सुन र चाँदी लिएर ती आउँछन्। इस्राएलका पवित्र परमेश्वर परमप्रभुको नामको आदर गर्न उहाँले आफ्ना प्रजालाई गौरवले सम्मानित गर्नुभयो। यरूशलेमलाई परमप्रभु भन्नुहुन्छ, “तेरा पर्खाल विदेशीहरूले फेरि बनाउनेछन् र तिनीहरूका राजाले तेरो सेवा गर्नेछन्। आफ्नो रिसमा मैले तँलाई दण्ड दिएँ, तर अब म तँलाई मेरा कृपा र निगाह देखाउनेछु। दिन र रात तेरा मूल-ढोकाहरू खुल्ला रहनेछन् र जाति-जातिका राजाहरू धन-सम्पत्ति लिएर तँकहाँ आउनेछन्। तर तेरा सेवा नगर्ने जातिहरू सम्पूर्णरूपले नाश गरिनेछन्। “धूपी, सतिसाल र सालका काठ, लेबनानका बनका सबैभन्दा उत्तम काठ, मेरा मन्दिर शोभायमान बनाउन ती काठ ल्याइनेछन्। तँलाई अत्याचार गर्नेहरूका छोरा-नातिहरू आएर तँलाई आदर गर्दै शिर निहुराएर ढोग्नेछन्। एक समय तँलाई तुच्छ ठान्नेहरू सबैले तेरा पाउपर्नेछन्, तिनीहरूले तँलाई ‘परमप्रभुको सहर’ र ‘इस्राएलका पवित्र परमेश्वरको सहर सियोन’ भन्नेछन्। “अब उसो तँलाई कसैले तुच्छ ठान्नेछैन, कसैले त्याग्नेछैन: तँ त्यागिएको र उजाड भएको सहर रहनेछैनस्। तँलाई महान् र सुन्दर सदाकालको निम्ति एउटा आनन्दको ठाउँ बनाउनेछु। आमाले बच्चालाई स्याहारेझैँ जाति-जाति र राजाहरूले तँलाई स्याहार्नेछन्। परमप्रभुले तँलाई बचाएको छु र इस्राएलका शक्तिशाली परमेश्वरले तँलाई छुटकारा दिनुभएको छ भनी तैँले जान्नेछस्। म “तँलाई काँसाको सट्टामा सुन, काठ र फलामका सट्टामा चाँदी र काँसा र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु। तँमाथि राज्य गर्नेहरूले तँलाई सताउनेछैनन्, न्याय र शान्तिले तीमाथि राज्य गर्नेछन्। काटमारको आवाज अब सुनिनेछैन, विनाशले तेरा देशलाई फेरि चकनाचुर पार्नेछैन। पर्खालले झैँ म तेरो रक्षा र बचाउ गर्नेछु, तैँले मेरो प्रशंसा गर्नेछस् किनभने मैले तँलाई उद्धार गरेको छु। “अब उसो दिउँसो घामले वा राती जूनले तँलाई ज्योति दिनुपर्नेछैन, म परमप्रभु तेरो निम्ति सदाकालको ज्योति हुनेछु, मेरो महिमाको उज्यालो तँमाथि चम्कनेछ। तेरा शोकका दिनको अन्त हुनेछ, म परमप्रभु घाम र जूनभन्दा अझ दिगो रहने तेरो सदाकालको ज्योति हुनेछु। तेरा सबै मानिसहरूले जे उचित छ, त्यो गर्नेछन् र देशलाई सधैँभरि आफ्नो अधिकारमा राख्नेछन्। तिनीहरू लगाइएको बिरुवा हुन्, मेरो महान्ता सबैलाई देखाउन मैले तिनीहरूलाई बनाएँ। तेरो सानोभन्दा सानो र नम्रभन्दा नम्र घराना पनि एउटा शक्तिशाली जाति-जातिकै महान् हुनेछ। ठीक समय आएपछि म यी कुरा चाँडो पूरा गर्नेछु, म परमप्रभु हुँ!”