यशैया 59:11-15 - Compare All Versions
यशैया 59:11-15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
हामी सबै भालूझैँ कराउँछौं, र ढुकुरझैँ साह्रै विलाप गर्दछौं। हामी न्याय माग्छौं, तर कतै पाउँदैनौं, मुक्तिको बाटो खोज्छौं, तर त्यो हामीबाट टाढ़ा छ। किनकि हाम्रा अपराध तपाईंको दृष्टिमा अनेक छन्, र हाम्रा पापले हाम्रै विरुद्धमा गवाही दिन्छन्। हाम्रा अपराध हामीसितै छन्, र हाम्रा अधर्महरू हामी स्वीकार गर्दछौं। परमप्रभुको विरुद्धमा बागीपन र विश्वासघात, हाम्रा परमेश्वरलाई पिठिउँ देखाई अत्याचार र विद्रोह रचेका छौं, र हाम्रा हृदयले उत्पन्न गरेका झूटा कुराहरू हामीले बोलेका छौं। यसैले न्याय पछिल्तिर हटाइएको छ, र धार्मिकता टाढ़ा भएको छ, सत्यले चाहिँ सड़कहरूमा ठेस खाएको छ, र ईमानदारीले प्रवेश गर्न सक्दैन। सत्यता कहीँ पनि पाइँदैन, र दुष्टदेखि अलग बस्ने जोसुकै पनि शिकार बन्छ। परमप्रभुले हेर्नुभयो, र न्याय रहेन भनेर उहाँ रिसाउनुभयो।
यशैया 59:11-15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
हामी तर्सेका र दु:ख पाएकाले विलाप गर्दै हामी न्याय र उद्धार खोज्छौं तर पाउदैनौं। “हे परमप्रभु, तपाईंको विरुद्धमा हामीले गरेका अपराध धेरै छन्। हाम्रा पापले हामीलाई दोष दिँदछन्, यी सबै कुरा हामी थाहा पाउँछौं। हामीले तपाईंसित विद्रोह गर्यौं, तपाईंलाई अस्वीकार गर्यौं र तपाईंलाई पछ्याउन इन्कार गर्यौं। हामीले अरूलाई अत्याचार गरेका छौं र तपाईंदेखि तर्किगएका छौं। हाम्रा सोचाइ र बोली झूटा छन्। न्यायलाई पन्साएका छौं, ठीक कुरा छेउमा आउन सक्दैन। सत्यचाहिँ बाटोमा ठक्कर खाएर लड्छ, त्यहाँ इमानदारीको लागि ठाउँ छैन। इमानदारी यति थोरै छ कि दुष्कर्म छोड्ने अरूको शिकार बन्दछ।”
यशैया 59:11-15 NERV (पवित्र बाइबल)
हामी सबै अत्यन्त उदास छौं, ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकाल्छौ। मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं। तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन। हामी सुरक्षित हुन पर्खिरहेका छौं तर मुक्ति भने अझै टाढा छ। किनभने हामीले धेरै पल्ट, गल्ती कुराहरू परमेश्वरका विरूद्ध गर्यौ। हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ। हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौं। हामीले पाप गर्यौ र परमप्रभुको विरोधमा कर्म गर्यौ। हामीले उहाँबाट मुख फर्कायौं र उहाँलाई त्याग्यौं। हामीले परमेश्वरको विरूद्ध पापपूर्ण कुराहरू गर्यौं। हामीले त्यस्ता कुभलो हुने कुराहरू मनमनै सोच्यौं त्यस्तो योजना बनायौं। न्याय हामीबाट फर्केर टाढा गयो। सत्य टाढा नै उभिन्छ। सत्यता भन्ने कुराहरू गल्लीहरूमा खसे। धार्मिकता भन्ने कुरा शहरमा प्रवेश गर्न निषेध भयो। सत्य हराएर गयो। अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए।
यशैया 59:11-15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी भालुजस्तै कराउँछौँ; हामी ढुकुरजस्तै विलाप गर्छौँ, हामी न्याय खोज्छौँ, तर पाउँदैनौँ; हामी छुटकारा खोज्छौँ, तर त्यो हामीदेखि टाढा छ। किनकि हाम्रा अपराधहरू तपाईंको दृष्टिमा धेरै छन्, र हाम्रा पापहरूले हाम्रै विरुद्धमा गवाही दिन्छन्। हाम्रा अपराधहरू सधैँ हामीसँग छन्, र हामी आफ्ना अपराधहरू स्वीकार गर्छौँ: हामीले याहवेहको विरुद्ध विश्वासघात र विद्रोह गरेका छौँ; हाम्रा पिठिउँ परमेश्वरतिर फर्काएका छौँ; विद्रोह र अत्याचार गरेका छौँ, र हाम्रा हृदयभित्र सोचेका झूटहरू मुखले उच्चारण गरेका छौँ। यसरी न्यायलाई पछिल्तिर पन्छाएका छौँ, र धार्मिकता टाढा भएको छ; सत्यताले चाहिँ बाटोमा ठक्कर खाएको छ, र इमानदारीताले प्रवेश गर्न सक्दैन। सत्यता कहीँ पनि पाइँदैन, र दुष्टतादेखि अलग बस्ने जोसुकै पनि शिकार हुन्छन्।