यशैया 58:6-7
यशैया 58:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र? आफ्नो भोजन भोकासित बाँड़चूँड़ गर्नु, र घर नभएका गरीबहरूलाई शरण दिनु— नाङ्गोलाई देखेर लुगा लगाइदिनु, र आफ्नो जात-भाइहरूबाट नलुक्नु, होइन र?
यशैया 58:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मैले चाहेको उपवास: अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु, शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु र प्रत्येक जुवा भाँचिदिनु होइन र? के तिमीहरूका भोजन भोकाएकाहरूसित बाँड्नु, घरबार नभएका गरिबलाई आश्रय दिनु, नाङ्गोलाई देख्दा त्यसलाई ढाकिदिनु, र आफ्ना खाँचोमा परेका नातेदारहरूसँग नलुक्नु नै उपवास होइन र?
यशैया 58:6-7 पवित्र बाइबल (NERV)
“म कुन प्रकारको विशेष दिन चाहन्छु भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई सङ्कटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ। म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”
यशैया 58:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“म यस्तो प्रकारको उपवास चाहन्छु: अत्याचारका साङ्ला र अन्यायका जुवा तोडिदेऊ र अत्याचारमा परेकाहरूलाई फुक्का गरिदेऊ। भोकाउनेसित आफ्नो भोजन बाँडिखाऊ र घर नभएका गरीबलाई आफ्नो घर खोलिदेऊ। नाङ्गाहरूलाई कपडा देऊ र आफ्ना नातेदारहरूलाई सहायता गर्न इन्कार नगर।