यशैया 58:13-14
यशैया 58:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ उल्लङ्घन गर्नबाट, र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने, तिमीहरूले शबाथलाई प्रसन्नता, र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ, र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी, अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्यौ भने, तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ, र म तिमीहरूलाई देशका उचाइहरूमा सवार हुन लाउनेछु; तिमीहरूका पुर्खा याकोबको पैतृक सम्पत्ति उपभोग गर्न दिनेछु।” म याहवेहको मुखले बोलेको हुँ।
यशैया 58:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरूले मेरो शबाथ-दिन तोडेनौ र मेरो पवित्र दिनमा आफूखुशी गरेनौ भने, र परमप्रभुको शबाथलाई आदरणीय ठान्यौ, र आफ्नो इच्छाअनुसार नगरी यस दिनलाई मान्यता दियौ र यसमा आफ्नो खुशी नगरी व्यर्थका कुरा गरेनौ भने, तिमीहरू परमप्रभुमा रमाहट पाउनेछौ, र म तिमीहरूलाई देशका उच्च स्थानहरूमा सवार गर्ने तुल्याउनेछु र म तिमीहरूलाई तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट भोज खुवाउने तुल्याउनेछु।” परमप्रभुको मुखैले यसो भन्नुभएको छ।
यशैया 58:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ उल्लङ्घन गर्नबाट, र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने, तिमीहरूले शबाथलाई प्रसन्नता, र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ, र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी, अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्यौ भने, तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ, र म तिमीहरूलाई देशका उचाइहरूमा सवार हुन लाउनेछु; तिमीहरूका पुर्खा याकोबको पैतृक सम्पत्ति उपभोग गर्न दिनेछु।” म याहवेहको मुखले बोलेको हुँ।
यशैया 58:13-14 पवित्र बाइबल (NERV)
त्यस्ता कुराहरू हुनेछन् जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ। त्यसपछि तिमीहरूले परमप्रभुलाई दयाको लागि बिन्ती गर्न सक्छौ। अनि उहाँले तिमीहरूलाई पृथ्वीमाथि अल्गो ठाउँहरूमा लैजानु हुनेछ। अनि उहाँले तिमीहरूलाई ती सबै चीजहरू दिनुहुनेछ जुन तिम्रो पुर्खा याकूबका थिए। परमप्रभु आफैंले ती कुराहरू भन्नुभयो।
यशैया 58:13-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले विश्राम-दिनलाई पवित्र राख्यौ र त्यस दिन आफ्ना स्वार्थका कुराको खोजी गरेनौ भने, मेरो पवित्र दिनको कदर गर्यौ र त्यस दिन यात्रा र काम गर्न वा बेकामको कुरा गर्न छोडी त्यस दिनलाई आदर गर्यौ भने ममा आनन्द पाउनेछौ, म तिमीहरूलाई सारा संसारमा इज्जत दिनेछु र मैले तिमीहरूका पुर्खा याकूबलाई दिएको देशमा तिमीहरूले आनन्द गर्नेछौ। म परमप्रभुले यो भनेको छु।”