यशैया 57:15
यशैया 57:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि सदासर्वदा जीवित हुनुहुने, उच्च र श्रेष्ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, विनम्रको आत्मा जागृत गराउन र पश्चात्तापीको हृदय जागृत गराउन, त्यससँग पनि बस्दछु जो आत्मामा पश्चात्तापी र विनम्र छ।”
यशैया 57:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि उच्च र सर्वश्रेष्ठ परमेश्वर भन्नुहुन्छ: जो सदाकालको निम्ति रहनुहुन्छ, जसको नाम पवित्र होः “म उच्च र पवित्र ठाउँमा बस्छु, तर नम्रहरूको आत्मा र पश्चात्तापीहरूको हृदयलाई जागृत पार्न, आत्मामा नम्र र पश्चात्तापी भएकाहरूसित पनि बस्दछु।
यशैया 57:15 पवित्र बाइबल (NERV)
परमेश्वर उच्च हुनुहुन्छ र माथि उठ्नु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दु:खी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।