यशैया 51:1-8

यशैया 51:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“हे धार्मिकताको पछि लाग्‍ने र परमप्रभुलाई खोज्‍ने हो, मेरो कुरा सुन। जुन चट्टानबाट तिमीहरू कुँदियौ, र जुन खानीबाट तिमीहरू निकालियौ, त्‍यसलाई हेर। तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्‍माउने सारालाई हेर। मैले बोलाउँदा अब्राहाम एक मात्र थियो, र मैले त्‍यसलाई आशिष्‌ दिएँ र त्‍यसलाई धेरै बनाएँ। परमप्रभुले निश्‍चय नै सियोनलाई सान्‍त्‍वना दिनुहुनेछ, र उहाँले त्‍यसका सब भग्‍नावशेषहरूलाई दयाको दृष्‍टिले हेर्नुहुनेछ। अनि त्‍यसको मरुभूमिलाई अदनझैँ, र त्‍यसको रूखो जमिनलाई परमप्रभुको बगैँचाझैँ बनाउनुहुनेछ। हर्ष र आनन्‍द, धन्‍यवाद र गीतको सोर त्‍यसमा पाइनेछ। “हे मेरो प्रजा हो, मेरो कुरा सुन। हे मेरो जाति हो, मेरो कुरामा कान थाप। मबाट व्‍यवस्‍था निस्‍कनेछ, र मेरो न्‍याय जाति-जातिहरूका निम्‍ति ज्‍योति हुनेछ। मेरो धार्मिकता चाँड़ै नजिक आउँछ, मेरो उद्धार बाटैमा आउँदैछ, र मेरो बाहुबलले जातिहरूकहाँ न्‍याय ल्‍याउनेछु। टापूहरूले मलाई हेर्नेछन्, र मेरो बाहुबलमा तिनीहरूले आशा राख्‍नेछन्‌। तिमीहरू आफ्‍ना आँखा माथि आकाशतिर उठाओ, र तल पृथ्‍वीलाई हेर। आकाश धूवाँझैँ लोप हुनेछ, र पृथ्‍वी लुगाझैँ झुत्रो हुनेछ, र त्‍यसमा बस्‍नेहरू झीँगाजस्‍तै मर्नेछन्‌। तर मेरो उद्धार सदासर्वदै रहनेछ, र मेरो धार्मिकता कहिल्‍यै खतम हुनेछैन। “जे असल छ त्‍यो जान्‍नेहरू, र तिमीहरू जसको हृदयमा मेरो व्‍यवस्‍था छ, मेरो कुरा सुन। मानिसहरूको निन्‍दादेखि नडराओ, न त तिनीहरूको गिल्‍लादेखि भयभीत होओ। किनकि लुगा खाएझैँ कीराले तिनीहरूलाई खानेछन्‌। ऊन खाएझैँ कीराले तिनीहरूलाई खानेछन्‌। तर मेरो धार्मिकता सदाको निम्‍ति रहनेछ, मेरो उद्धार पुस्‍तादेखि पुस्‍तासम्‍मै।”

शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्

यशैया 51:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“हे धार्मिकताको पछि लाग्नेहरू र याहवेहलाई खोज्नेहरू हो, मेरो कुरा सुन: तिमीहरू जुन चट्टानबाट निकालिएका र जुन खानिबाट कुँदिएका थियौ, त्यसलाई हेर। तिमीहरूका पुर्खा अब्राहाम, र तिमीहरूलाई जन्माउने सारालाई हेर। मैले उसलाई बोलाउँदा ऊ एकलै थियो; अनि मैले उसलाई आशिष् दिएँ, उसलाई संख्यामा बढाएँ। निश्‍चय नै याहवेहले सियोनलाई सान्त्वना दिनुहुनेछ, र त्यसका सबै भग्नावशेषहरूलाई दयाको नजरले हेर्नुहुनेछ; उहाँले त्यसका मरुभूमिहरूलाई अदनझैँ र त्यसका बाँझो जमिनहरूलाई याहवेहको बगैँचाजस्तै बनाउनुहुनेछ। अनि त्यसमा आनन्द, खुशीयाली, धन्यवाद र गीतको ध्वनि पाइनेछन्। “हे मेरा प्रजा हो, मेरा कुरामा ध्यान देओ; हे मेरो जाति हो, मेरो कुरा सुन: मबाट व्यवस्था निस्कनेछ; मेरो न्याय राष्ट्रहरूको ज्योति हुनेछ। मेरो धार्मिकता नजिक छ, मेरो उद्धार आउँदैछ; अनि मेरो बाहुलीले राष्ट्रहरूमा न्याय ल्याउनेछ। टापुहरूले मतिर हेर्नेछन्, र मेरो बाहुलीको निम्ति आशा लिएर प्रतीक्षा गर्नेछन्। तिमीहरूका आँखा आकाशतिर उठाओ, तल पृथ्वीमा हेर; आकाश धुवाँझैँ लोप भइजानेछ; पृथ्वी लुगाझैँ मक्‍किएर जानेछ, र यसका बासिन्दाहरू झिँगाझैँ मरिजाने छन्। तर मेरो उद्धार सदासर्वदा रहनेछ; मेरो धार्मिकता कहिल्यै चुक्नेछैन। “जे असल छ, त्यो जान्‍नेहरू र तिमीहरू, जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। मानिसहरूका बदनामदेखि नडराओ, न त तिनीहरूको अपमानदेखि भयभीत होओ। किनकि तिनीहरूलाई किराले लुगा खाएझैँ खानेछन्; अनि तिनीहरूलाई किराले ऊन खाएझैँ खानेछन्। तर मेरो धार्मिकता सदासर्वदा रहिरहनेछ; मेरो उद्धार पुस्तादेखि पुस्तासम्मै रहिरहनेछ।”

शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्

यशैया 51:1-8 पवित्र बाइबल (NERV)

“तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ। अब्राहाम तिमीहरूका पिता हुन् अनि तिमीहरूले उनलाई खोज्नु पर्छ। तिमीहरूले सारालाई हेर एक नारी जसले तिमीहरूलाई जन्म दिईन्। अब्राहाम मैले बोलाउँदा एक्लै थियो। त्यसपछि मैले उसलाई आशीर्वाद दिएँ अनि उसले एउटा ठूलो परिवार प्रारम्भ गर्यो। धेरै-धेरै मानिसहरू उसबाट नै जन्मिए।” यस्तै प्रकारले परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ। परमप्रभुले उनी र उनको सन्तानहरू प्रति दु:ख अनुभव गर्नुहुनेछ अनि उहाँले उसको लागि एक महान कार्य गर्नुहुनेछ। परमप्रभुले मरुभूमिलाई परिवर्तन गर्नु हुनेछ। त्यो मरुभूमि अदनको बगैंचा जस्तो हुनेछ। त्यो जग्गा रित्तो थियो, तर त्यो परमप्रभुको बगैंचा जस्तो हुनेछ। मानिसहरू त्यहाँ अति नै खुशी हुनेछन्। मानिसहरूले त्यहाँ आनन्द प्रकट गर्नेछन्। तिनीहरूले धन्यवाद र विजयको गीत गाउँनेछन्। “मेरा मानिसहरू, मलाई ध्यान दिएर सुन। मेरो निर्णयहरू कसरी जीउनु भनरे मानिसहरूलाई देखाउँदै ज्योति जस्ता हुनेछन्। म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु। म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्। तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्। माथि आकाशमा हेर! तल पृथ्वी वरिपरि हेर! आकाश बादलहरूका धूँवा सरह अल्गिदै जानेछ। पृथ्वी काम नलाग्ने पुरानो लुगा सरह हुनेछ। पृथ्वीमा भएका मानिसहरू मर्नेछन् तर मेरो उद्धार सदा-सर्वदा रहिरहनेछ। मेरो सद्भावना कहिल्यै अन्त हुनेछैन। तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ। तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ। दुष्ट मानिसहरूबाट नडराऊ। तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ। किनभने तिनीहरू पुराना लुगाहरू जस्ता हुन्। माऊ कीराहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू ऊन जस्तो हुन् कीराहरूले तिनीहरूलाई खानेछन तर मेरो सद्भावना सदा-सर्वदा चलिरहनेछ। मेरो उद्धार सदा-सर्वदा लगातार चलिरहनेछ।”

शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्

यशैया 51:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूले, मेरा कुरा सुन, जसले उद्धार पाउन चाहन्‍छौ र सहायताको निम्‍ति मकहाँ आउँदछौ। जुन चट्टानबाट तिमीहरू कुँदिएका थियौ, जुन ढुङ्गा-खानीबाट तिमीहरू निकालिएका थियौ, तीबारे याद गर। तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्‍म दिने सारालाई याद गर। जब मैले अब्राहामलाई बोलाएँ, त्‍यस बेला त्‍यो नि:सन्‍तान थियो। तर मैले त्‍यसलाई आशिष् दिएँ र त्‍यसका सन्‍तानको सङ्‍ख्‍या गन्‍न नसकिने बनाइदिएँ। “म यरूशलेमलाई करुणा देखाउनेछु, त्‍यसका विनाश भएका भूमिमा बास गर्नेहरूलाई दया गर्नेछु। त्‍यसको देश मरुभूमि भएको भए पनि म त्‍यसलाई अदनको बगैँचाझैँ बनाउनेछु। त्‍यहाँ आनन्‍द र रमाहट, मेरा प्रशंसा र धन्‍यवादका गुण-गान हुनेछ। “ए मेरा प्रजा, मतिर आफ्‍नो कान थाप मैले भनेको कुरा सुन। म जाति-जातिलाई आफ्‍नो व्‍यवस्‍था दिँदछु, मेरो न्‍याय तिमीहरूको ज्‍योति हुनेछ। म छिट्टै आएर तिनीहरूलाई बचाउनेछु, मेरो उद्धारको समय नजिक छ। म आफैं जाति-जातिहरूमाथि न्‍याय गर्नेछु, टाढाका देशहरूले मेरो बाटो हेर्नेछन्। मैले तिनीहरूलाई बचाउनेछु भनी तिनीहरूले मेरो आशा गर्नेछन्। उँभो आकाशतिर हेर, पृथ्‍वीलाई हेर! आकाश धुवाँझैँ हराउनेछ, पृथ्‍वी पुरानो कपडाझैँ फाटिजानेछ र पृथ्‍वीका मानिसहरू झिँगाझैँ मरिजानेछन्, तर मैले दिने मुक्ति सदासर्वदाको निम्‍ति हुनेछ, मेरो विजय नै अन्‍तिम विजय हुनेछ। “तिमीहरू, जसले ठीक कुरा जान्‍दछौ र जसका हृदयमा मेरो व्‍यवस्‍था गढेर बसेको छ, मेरा कुरा सुन। मानिसहरूले तिमीहरूलाई खिसी र अपमान गर्दा तिमीहरू नडराओ। किराले खाएका लुगाझैँ तिनीहरू हराइजानेछन्! तर मैले दिने उद्धार सदासर्वदाको निम्‍ति हुनेछ, मेरो विजय सदाकालको निम्‍ति रहनेछ।”

शेयर गर्नुहोस्
यशैया 51 पढ्नुहोस्