यशैया 50:4-11
यशैया 50:4-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
थाकेकोलाई सम्हाल्ने वचन जान्न सकून् भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेलाई झैँ ध्यानसित सुन्न उहाँले मेरो कान खोलिदिनुहुन्छ। परमप्रभु परमेश्वरले मेरो कान खोलिदिनुभएको छ, र म बागी भइनँ। म पछि हटिनँ। मैले मेरो पीठ मलाई पिट्नेहरूलाई, र दाह्री लुछ्नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ। म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्तै स्थिर पारेको छु, र म जान्दछु, कि म लाजमा पर्नेछैनँ। मलाई निर्दोष ठहराउनुहुने मेरो नजिकै हुनुहुन्छ। यसर्थ कसले मेरो विरुद्धमा दोष लगाउँछ? हामी मुखामुख परौं! मेरो विरोधी को छ? त्यसले मेरो सामना गरोस्! परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। त्यो को हो, जसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा हुनेछन्। कीराले तिनीहरूलाई खाइहाल्नेछन्। तिमीहरूमध्ये कसले परमप्रभुको डर मान्छ र उहाँको दासका कुरा पालन गर्छ? ज्योतिविना अन्धकारमा हिँड्नेले परमप्रभुको नाउँमा भरोसा गरोस् र आफ्ना परमेश्वरमा भर परोस्। तर अब तिमीहरू सबै जसले आगो बाल्छौ र जलिरहेको राँको लिन्छौ, तिमीहरू जाओ, तिमीहरूका आगोको र तिमीहरूले सल्काएका राँकाको प्रकाशमा हिँड़। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ: तिमीहरू यातना भोग्नेछौ।
यशैया 50:4-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
थाकेकाहरूलाई उत्साह दिने शब्द जान्नका निम्ति प्रभु याहवेहले मलाई सिकाउने जिब्रो दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे बिउँझाउनुहुन्छ, मेरो कानलाई सिक्नेलाई झैँ बिउँझाउनुहुन्छ। प्रभु याहवेहले मेरा कानहरू खोलिदिनुभएको छ, म बागी भएको छैनँ; म पछि हटेको छैनँ। मलाई पिट्नेहरूतिर मैले आफ्नो पिठिउँ नाङ्गो देखाइदिएँ, मेरो दाह्री लुछ्नेहरूलाई मैले आफ्नो गाला फर्काइदिएँ; गिल्ला र थुकाइदेखि मैले आफ्नो अनुहार लुकाइनँ। प्रभु याहवेहले मलाई सहायता दिनुभएकोले म अपमानित हुनेछैनँ। यसकारण मैले आफ्नो अनुहारलाई चकमके ढुङ्गाझैँ स्थिर पारेको छु, र म शर्ममा पर्नेछैनँ भनी जान्दछु। मलाई निर्दोष ठहराउनुहुने मेरो छेउमा हुनुहुन्छ। यसकारण कसले मेरो विरुद्धमा अभियोग लगाउन सक्छ र? हामी एक-आपसको सामना गरौँ! मलाई दोष लगाउने को हो? त्यसले मेरो सामना गरोस्! मलाई सहायता गर्नुहुने प्रभु याहवेह नै हुनुहुन्छ। कसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा भएर जानेछन्; तिनीहरूलाई किराहरूले खाइदिनेछन्। तिमीहरूमा कसले याहवेहको डर मान्छ र उहाँको सेवकका कुराहरू कसले पालन गर्छ? अन्धकारमा हिँड्ने, जससित ज्योति छैन, याहवेहको नाममा विश्वास राखोस्, र उसको परमेश्वरमाथि भरोसा राखोस्। तर अब तिमीहरू जसले आगो बाल्छौ, र आफ्नो निम्ति जलिरहेको राँको प्रबन्ध गर्छौ, जाओ र आफ्नो आगोका उज्यालोमा तिमीहरूले बालेको राँकोको उज्यालोमा हिँड। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ; तिमीहरू यातनामा रहिरहनेछौ।
यशैया 50:4-11 पवित्र बाइबल (NERV)
परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दु:खी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाउँनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ। परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनु हुन्छ, र म उहाँको विरूद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन। मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि, मेरो अनुहारमा थुके पनि म उनीहरूबाट अनुहार लुकाउने छैन। परमप्रभु मेरो मालिकले मलाई साथ दिनहुन्छ, यसैले तिनीहरूले मप्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु, म जान्दछु कि म निराश हुने छैन। परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसैकारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन्। यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस मकहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ। तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउनु सक्तैन्। ती सारा मानिसहरू पुरानो लुगाहरू जस्ता हुनेछन्। मद्यले तिनीहरूलाई खानेछ। ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्। परमप्रभु भन्नुहुन्छ, “हेर, तिमीहरू आफ्नो तरिकाले बाँच्न चाहन्छौ। तिमीहरूले आफ्नो हिसाबले आगो बाल्छौ र राँको सल्काउँछौ। यसकारण आफ्ना तरिकाले नै बाँच्छौ। तर, तिमीहरू दण्डित हुनेछौ। तिमीहरू आफैंले बालेका आगो र राँकोमा झरेर स्वयंम जल्ने छौ। म त्यस्तो घट्ना घट्न दिनेछु।”
यशैया 50:4-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
थाकेकोलाई बल दिन सकूँ भनेर सार्वभौम परमप्रभुले मलाई सिकाउनुभएको छ। हरेक बिहान उहाँले मलाई शिक्षा दिनुहुन्छ त्यो सुन्नलाई मलाई उत्सुक बनाउनुहुन्छ। परमप्रभुले मलाई समझशक्ति दिनुभएको छ। मैले उहाँसित विद्रोह गरेको छैनँ, उहाँबाट हटेर गएको छैनँ। मलाई कुट्नेलाई मैले आफ्नो पिठ्युँ नाङ्गो पारिदिएँ। तिनीहरूले मेरो बेइज्जत गर्दा, मेरो दाह्री उखेल्दा र मेरा मुखमा थुक्दा मैले मेरो अनुहार लुकाइनँ। तिनीहरूले गरेका बेइज्जतीले मेरो केही नोक्सान गर्दैन किनभने सार्वभौम परमप्रभुले मलाई सहायता दिनुहुन्छ। ती सहन मैले आफैंलाई स्थिर पारेको छु। म जान्दछु कि मेरो बदनाम हुनेछैन किनभने परमेश्वर नजिकै हुनुहुन्छ र उहाँले मलाई निर्दोष साबित गर्नुहुन्छ। कसले मेरो विरुद्धमा मुद्दा ल्याउन साहस गर्दछ? लौ, हामी सँगै अदालतमा जाऔं! त्यसले मेरो विरुद्धमा आफ्नो बयान देओस्! सार्वभौम परमप्रभुले आफैं मेरो पक्षमा बोल्नुहुनेछ: त्यसो भए कसले मलाई दोषी ठहराउन सक्छ? मलाई दोष लाउनेहरू सबै जना देखापर्नेछैनन्। किराले खाएका लुगाझैँ तिनीहरू लोप हुनेछन्। तिमीहरूमध्ये, जसले परमप्रभुको आदर गर्दछौ र उहाँको सेवकको आज्ञा मान्दछौ, तिमीहरू हिँडेको बाटो साँच्चै अँध्यारो भए पनि परमप्रभुमाथि भरोसा राख्छौ र आफ्ना परमेश्वरमा भर पर्छौ। तर तिमीहरू, जसले आगो बालेर आफूलाई उज्यालो दिन्छौ, त्यही आगोको उज्यालोमा हिँडे पनि तिमीहरूले मेरो हातबाट कष्टै मात्र पाउनेछौ।