यशैया 42:1-4

यशैया 42:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“मेरा दास यहाँ छन्, जसलाई म समर्थन गर्दछु, मेरो चुनिएका जन, जसमा म प्रसन्‍न हुन्‍छु। तिनमा म मेरो आत्‍मा राखिदिनेछु। तिनले जाति-जातिहरूमा न्‍याय ल्‍याउनेछन्‌। तिनी चिच्‍च्‍याउनेछैनन्, वा कराउनेछैनन्‌ अथवा तिनले आफ्‍नो सोर सड़कमा सुनाउनेछैनन्‌। फुटेको निगालो तिनले भाँच्‍नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्‌। तिनले विश्‍वस्‍ततामा न्‍याय गर्नेछन्‌। जबसम्‍म तिनले पृथ्‍वीमा इन्‍साफ स्‍थापित गरिसक्‍दैनन्‌ तबसम्‍म न त तिनी दुर्बल हुनेछन्, न निरुत्‍साहित हुनेछन्‌। तिनको व्‍यवस्‍थामा टापूहरूले आफ्‍नो आशा राख्‍नेछन्‌।”

शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्

यशैया 42:1-4 पवित्र बाइबल (NERV)

“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ। उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्, उनी चिच्याउनेछैनन्, नत उच्च स्वरमा कराउने छन्। ऊ भद्र हुनेछ, उसले पानीको छेउमा उम्रने निगालो सम्म भाँच्ने छैन। उसले निभ्न लागेको कम्जोर दियोलाई सम्म फुकी निभाउने छैन्। उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्ने छ। उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन, तबसम्म ऊ कमजोर हुने छैन। नत शिथिल नै हुने छ अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।”

शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्

यशैया 42:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु भन्‍नुहुन्‍छ, “यो मेरो सेवक हो, जसलाई म बल दिँदछु, जसलाई मैले छानेको छु, जोसित म खुसी छु। मैले त्‍यसलाई मेरो आत्‍माले भरेको छु र त्‍यसले प्रत्‍येक जातिमा न्‍याय ल्‍याउनेछ। त्‍यो चिच्‍च्‍याउनेछैन वा सोर उचाल्‍नेछैन, बाटो-बाटोमा जोडले बोली सुनाउनेछैन। त्‍यसले नुहेको निगालोलाई भाँच्‍नेछैन, निभ्‍न लागेको दियोलाई निभाउनेछैन, त्‍यसले सबैसित अटल न्‍याय गरिदिनेछ। त्‍यसले आफ्‍नो आशा र साहस हराउनेछैन, त्‍यसले पृथ्‍वीमा न्‍याय स्‍थिर गर्नेछ, टाढा-टाढाका देशहरूले उत्‍सुक भई त्‍यसका व्‍यवस्‍थामा आशा राख्‍नेछन्।”

शेयर गर्नुहोस्
यशैया 42 पढ्नुहोस्