यशैया 41:19-20
यशैया 41:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मरुभूमिमा म देवदारुहरू र बबुल, असारे-फूल र जैतूनका रूखहरू उमार्नेछु। म रूखो जमिनमा सल्लाहरू र धूपीका रूखहरू एकसाथ उमार्नेछु, ताकि मानिसहरूले देखेर जानून् र विचार गरून् र पूरा रीतिले बुझून् कि यो परमप्रभुका हातको काम हो, अर्थात् इस्राएलका परमपवित्रले गर्नुभएको हो।
यशैया 41:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म मरुभूमिमा देवदारु र बबुल, मेहदी र जैतुन लगाउनेछु। म बाँझो जमिनमा सल्ला, धूपी र सिसौ एकैसाथ उमार्नेछु, ताकि मानिसहरूले देखून् र जानून्, विचार गरून् र बुभून्, कि यो याहवेहको हातको काम हो; इस्राएलका पवित्र परमेश्वरले यो सृजनुभएको हो।”
यशैया 41:19-20 पवित्र बाइबल (NERV)
देवदारूहरू मरुभूमिमा उम्रिनेछन्, त्यहाँ बबुलका रूखहरू, चन्दनका र जैतूनका रूखहरू र धूपीका रूखहरू हुनेछन्। मानिसहरूले ती कुराहरू हेर्नेछन्। अनि उनीहरूले बुझ्ने छन् कि यी सबै परमप्रभुकै शक्तिले भएका हुन्। मानिसहरूले यी कुराहरू देख्नेछन् अनि तिनीहरूले बुझ्न थाल्नेछन कि, इस्राएलका पवित्र परमप्रभुले यी कुराहरू गरेका हुन्।”
यशैया 41:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म मरुभूमिमा देवदारु र बबुल, मेहेदी र जैतुनका रूखहरू उमार्नेछु, सुख्खा जमिनमा रूखहरू उम्रनेछ, सल्ला, धूपी र सिसौका रूखहरू उम्रनेछन्। मानिसहरूले यी सबै देखेर म परमप्रभुले के काम गरेको छु, ती जान्नेछन्। यी इस्राएलका पवित्र परमेश्वरले गराएका हुन् भनी तिनीहरूले बुझ्नेछन्।”