यशैया 41:17-20
यशैया 41:17-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“गरीब र दरिद्रहरूले पानी खोज्छन्, तर केही पनि हुँदैन, तिनीहरूको जिब्रो प्यासले सुक्नेछ। तर म परमप्रभुले तिनीहरूलाई जवाफ दिनेछु। म इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैनँ। नाङ्गो टाकुराहरूबाट म नदीहरू बगाउनेछु, र बेँसीमा पानीका मूलहरू निकाल्नेछु। म मरुभूमिलाई पानीको दह, र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नेछु। मरुभूमिमा म देवदारुहरू र बबुल, असारे-फूल र जैतूनका रूखहरू उमार्नेछु। म रूखो जमिनमा सल्लाहरू र धूपीका रूखहरू एकसाथ उमार्नेछु, ताकि मानिसहरूले देखेर जानून् र विचार गरून् र पूरा रीतिले बुझून् कि यो परमप्रभुका हातको काम हो, अर्थात् इस्राएलका परमपवित्रले गर्नुभएको हो।
यशैया 41:17-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“गरिब र खाँचोमा परेकाहरूले पानी खोज्छन्, तर पानी कतै छैन; तिनीहरूका जिब्रा प्यासले सुकेका छन्। तर म याहवेहले नै तिनीहरूलाई जवाफ दिनेछु; म इस्राएलका परमेश्वर भएको कारण तिनीहरूलाई त्याग्नेछैनँ। म बाँझो अग्ला ठाउँहरूमा नदीहरू बग्न लगाउनेछु; अनि बेँसीमा खोलाहरू बग्न लगाउनेछु। म मरुभूमिलाई पानीको पोखरीमा र डढेको जमिनलाई खोलाहरूमा परिणत गर्नेछु। म मरुभूमिमा देवदारु र बबुल, मेहदी र जैतुन लगाउनेछु। म बाँझो जमिनमा सल्ला, धूपी र सिसौ एकैसाथ उमार्नेछु, ताकि मानिसहरूले देखून् र जानून्, विचार गरून् र बुभून्, कि यो याहवेहको हातको काम हो; इस्राएलका पवित्र परमेश्वरले यो सृजनुभएको हो।”
यशैया 41:17-20 पवित्र बाइबल (NERV)
“गरीब र दीन-दु:खी मानिसहरूले पानी खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्। तिनीहरूको जिब्राहरू सुख्खा छन्। म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु। म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्। म सुख्खा पहाडहरूमा नदीहरू बगाइ दिनेछु। म झर्नाको मूल फुटाएर बेंसीहरूमा बगाउने छु। म पानीले भरिपूर्ण पार्नेछु, मरुभूमिलाई तलाउमा परिर्वतन गर्नेछु। त्यहाँ सुख्खा भूमिहरूमा झर्नाको पानी हुनेछ। देवदारूहरू मरुभूमिमा उम्रिनेछन्, त्यहाँ बबुलका रूखहरू, चन्दनका र जैतूनका रूखहरू र धूपीका रूखहरू हुनेछन्। मानिसहरूले ती कुराहरू हेर्नेछन्। अनि उनीहरूले बुझ्ने छन् कि यी सबै परमप्रभुकै शक्तिले भएका हुन्। मानिसहरूले यी कुराहरू देख्नेछन् अनि तिनीहरूले बुझ्न थाल्नेछन कि, इस्राएलका पवित्र परमप्रभुले यी कुराहरू गरेका हुन्।”
यशैया 41:17-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“जब मेरा प्रजाले खाँचो परेर पानी खोज्दछन् र जब तिर्खाले तिनीहरूका घाँटी सुकेका हुन्छन्, तब म परमप्रभुले तिनीहरूका प्रार्थनाको उत्तर दिनेछु। म, इस्राएलका परमेश्वरले तिनीहरूलाई कहिल्यै त्याग्नेछैनँ। रूखा डाँडाहरूमा म नदी बहाउनेछु। र बेँसीमा पानीका फोहोरा फुटाउनेछु। मरुभूमिलाई पानीको पोखरी र सुख्खा जमिनलाई बग्ने फोहोरा बनाउनेछु। म मरुभूमिमा देवदारु र बबुल, मेहेदी र जैतुनका रूखहरू उमार्नेछु, सुख्खा जमिनमा रूखहरू उम्रनेछ, सल्ला, धूपी र सिसौका रूखहरू उम्रनेछन्। मानिसहरूले यी सबै देखेर म परमप्रभुले के काम गरेको छु, ती जान्नेछन्। यी इस्राएलका पवित्र परमेश्वरले गराएका हुन् भनी तिनीहरूले बुझ्नेछन्।”