यशैया 40:6-7
यशैया 40:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटा आवाजले भन्छ, “करा।” अनि मैले भने, “म के भनेर कराऊँ?” “सबै प्राणी घाँसजस्तै हुन्, र तिनका सबै गौरव घाँसको फूलजस्ता। घाँस ओइलाउँछ, फूल झरिहाल्छ, किनभने परमप्रभुको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्।
यशैया 40:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एउटा आवाजले भन्छ, “करा।” अनि मैले भनेँ, “म के भनेर कराऊँ?” “सारा मानिसहरू घाँसजस्तै हुन्, र तिनीहरूका गौरव मैदानका फूलहरूझैँ हुन्। घाँस ओइलाउँछ र फूल झरिहाल्छ; किनकि याहवेहको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्।
यशैया 40:6-7 पवित्र बाइबल (NERV)
एउटा आवाजले भन्यो, “बोल।” यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?” त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्। तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो। परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ अनि घाँस मर्नेछ र फुल झर्नेछ। हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।
यशैया 40:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एउटा सोर सुनिन्छ, “एउटा खबर जोडले सुनाऊ!” “कस्तो खबर सुनाऊँ?” म सोध्दछु। “सबै मानिसहरू घाँसजस्ता छन्, तिनीहरूको आयु जङ्गलको फूलजस्तै छ भनी सुनाऊ। घाँस सुकिजान्छ, फूल झरिहाल्छ किनकि परमप्रभुले तीमाथि बतास बहाउनुहुन्छ, साँच्चै मानिसहरू घाँसजस्ता छन्।