यशैया 40:28-31

यशैया 40:28-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन? उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ। युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌। तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्

यशैया 40:28-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

के तँ जान्दैनस्? के तैँले सुनेको छैनस्? याहवेह अनन्तका परमेश्‍वर हुनुहुन्छ, सारा पृथ्वीका सृष्‍टिकर्ता हुनुहुन्छ। उहाँ थाक्नुहुन्‍न, न त गल्नु हुन्छ, उहाँको बुद्धि अपरम्पार छ। उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ, र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ। जवानहरू पनि थाक्छन् र गल्छन्; अनि जवान मानिसहरू ठक्‍कर खाएर लड्छन्; तर याहवेहमा आशा राख्नेहरूले नयाँ सामर्थ्य पाउँछन्। तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्; तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्; तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्

यशैया 40:28-31 पवित्र बाइबल (NERV)

नि:सन्देह तिमी जान्दछौ र सुनेकाछौ कि परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ। मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ। परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन। परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो परमप्रभु सनातनका परमेश्वर हुनुहुन्छ। परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ। जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ, तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्। तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ ऊ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँड्छन्।

शेयर गर्नुहोस्
यशैया 40 पढ्नुहोस्

यशैया 40:28-31

यशैया 40:28-31 NNRVयशैया 40:28-31 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्