यशैया 4:1-2 - Compare All Versions

यशैया 4:1-2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यस दिन सात जना स्‍त्रीहरूले एउटै मानिसलाई समातेर यसो भन्‍नेछन्, “हामी आफ्‍नै भोजन खानेछौं र आफ्‍नै लुगा जुटाउनेछौं, केवल तपाईं हाम्रा पति हुनुहोस्‌। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्‌।” त्‍यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्‍ति जमिनको फल गर्व र गौरवको हुनेछ।

शेयर गर्नुहोस्
यशैया 4 NNRV

यशैया 4:1-2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यस दिन सात जना स्त्रीहरूले एक जना मानिसलाई समात्नेछन्, र यसो भन्‍नेछन्, “हामी आफ्नै भोजन खानेछौँ; अनि आफ्ना लुगाको प्रबन्ध आफैँ गर्नेछौँ; तपाईं हाम्रो पति हुनुहोस्। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्!” त्यस दिन याहवेहको हाँगा सुन्दर र महिमित हुनेछ; अनि जमिनको फल इस्राएलमा बाँचेकाहरूका निम्ति गर्व र महिमा हुनेछ।

शेयर गर्नुहोस्
यशैया 4 NCV

यशैया 4:1-2 NERV (पवित्र बाइबल)

त्यतिबेला, सातजना स्त्रीहरूले एकजना पुरूषलाई समात्ने छन्। तिनीहरूले भन्ने छन्, “हामी खानलाई आफ्नै रोटी बनाउने छौं। अनि लगाउनलाई आफ्नै लुगा बनाउने छौं। हामी यी सम्पूर्ण कुराहरू आफ्नै निम्ति गरिरहेका छौं यदि तिमी हामीहरूसँग विवाह गर्छौ भने तिम्रो नाउँ जान्न पाउँ। दया गरेर, हाम्रा अपमान हटाई देऊ।” त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर गर्वित हुनेछन्।

शेयर गर्नुहोस्
यशैया 4 NERV

यशैया 4:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यो समय आएपछि सात जना आइमाईहरूले एक जना पुरुषलाई समातेर भन्‍नेछन्, “हामी आफ्‍नो भोजन खानेछौं र आफ्‍नो लुगाफाटा लाउनेछौं, केवल तिमी नै हाम्रा लोग्‍ने हौ भनेर हामीलाई भनिदेओ र हाम्रा निन्‍दा हामीले सुन्‍नुपर्नेछैन।” यस्‍तो समय आउँछ कि परमप्रभुले देशमा हरेक बोट-बिरुवा र रूखहरू ठूला र सुन्‍दर गरी उमार्नुहुनेछ। सबै बाँचेका इस्राएलीहरू जमिनका उब्‍जनीमा रमाउनेछन् र गर्व गर्नेछन्।

शेयर गर्नुहोस्
यशैया 4 सरल नेपाली