यशैया 38:18-20 - Compare All Versions

यशैया 38:18-20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

पातालले तपाईंको प्रशंसा गर्न सक्‍दैन। मृत्‍युले तपाईंको प्रशंसा गर्न सक्‍दैन। खाड़लमा जानेहरूले तपाईंका विश्‍वस्‍तताको आशा गर्न सक्‍दैनन्‌। जीवित, जीवितले मात्र तपाईंको प्रशंसा गर्छ, जसरी आज म गरिरहेछु। बुबाहरूले आफ्‍ना छोराछोरीहरूलाई तपाईंको विश्‍वस्‍तताको विषयमा वर्णन गर्छन्‌। परमप्रभुले मलाई उद्धार गर्नुहुनेछ, र हामी आफ्‍ना जीवनभरि परमप्रभुको मन्‍दिरमा तार-बाजाहरूसित भजन गाउनेछौं।

शेयर गर्नुहोस्
यशैया 38 NNRV

यशैया 38:18-20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि चिहानले तपाईंको प्रशंसा गर्न सक्दैन, मृत्युले तपाईंको प्रशंसा गाउन सक्दैन; खाडलमा पर्नेहरूले तपाईंको विश्‍वासयोग्यताको आशा राख्न सक्दैनन्। जिउँदाहरूले मात्र तपाईंको प्रशंसा गर्छन्, जसरी आज म गरिरहेछु; बुबाहरूले आफ्ना सन्तानलाई तपाईंको विश्‍वासयोग्यताबारे बताउँछन्। याहवेहले मलाई बचाउनुहुनेछ; अनि हामी याहवेहको मन्दिरमा आफ्ना जीवनकालभरि तार-बाजाहरूसित गाउनेछौँ।

शेयर गर्नुहोस्
यशैया 38 NCV

यशैया 38:18-20 NERV (पवित्र बाइबल)

मृत मानिसहरूले तपाईंको स्तुति-गान गाउन सक्तैन्। पातालमा भएका मानिसहरूले तपाईंको गुण गाउँदैनन्। मृत मानिसहरूले उनीहरूलाई नै सघाउन तपाईंमा भर पर्दैन्। तिनीहरू धर्तीको प्वालभित्र जान्छन् अनि कहिल्यै बोल्न सक्तैनन्। जो मानिसहरू म जस्तै जीउँदा छन्, के आज ती मानिसहरूले तपाईंको गुण गाउनेछन्? पिताले तिनका छोरा छोरीहरूलाई भन्न सक्नु पर्दछ कि तपाईं विश्वासयोग्य हुनुहुन्छ। यसैले म भन्दछु, “परमप्रभुले मलाई बचाउनु भएको छ। यसैले हामी परमेश्वरको मन्दिरमा आफ्नो जीवनभरि गीत गाउनेछौ, अनि संङ्गीत बनाउने छौं।”

शेयर गर्नुहोस्
यशैया 38 NERV

यशैया 38:18-20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पातालमा कसैले तपाईंको प्रशंसा गर्न सक्‍दैन, मरेकाहरू तपाईंको विश्‍वासयोग्‍यतामा भरोसा गर्न सक्‍दैनन्। जिउँदाहरूले तपाईंको प्रशंसा गर्छन्, जसरी म अहिले तपाईंको प्रशंसा गर्दछु। “तपाईं कति विश्‍वासयोग्‍य हुनुहुन्‍छ,” भनी बुबाहरूले आफ्‍ना बाल-बालिकाहरूलाई बताउँछन्। हे परमप्रभु, तपाईंले मलाई निको पार्नुभएको छ। हामी वीणा बजाउँछौं र तपाईंको प्रशंसा गाउनेछौं, आफ्‍नो जीवनभरि तपाईंको मन्‍दिरमा प्रशंसा गाउनेछौं।

शेयर गर्नुहोस्
यशैया 38 सरल नेपाली