यशैया 34:17 - Compare All Versions

यशैया 34:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुन्‍छ। उहाँकै हातले नापेर तिनीहरूलाई बाँड़िदिनुभएको छ। तिनीहरूले सदासर्वदा त्‍यो अधिकार गर्नेछन्, र पुस्‍तादेखि पुस्‍तासम्‍म तिनीहरू त्‍यहाँ वास गर्नेछन्‌।

शेयर गर्नुहोस्
यशैया 34 NNRV

यशैया 34:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुनेछ; उहाँको हातले नाप्‍ने डोरी तानेर बाँडिदिनुभएको छ। तिनीहरूले त्यसलाई सदाको निम्ति आफ्नो बनाउनेछन् र पुस्तादेखि पुस्तासम्मै त्यहाँ बस्‍नेछन्।

शेयर गर्नुहोस्
यशैया 34 NCV

यशैया 34:17 NERV (पवित्र बाइबल)

तिनीहरूलाई के गर्नु पर्ने परमेश्वरले निर्णय गर्नुहुनेछ। तब परमेश्वरले तिनीहरूको निम्ति ठाउँ तयार पार्नुहुनेछ। परमेश्वरले धर्का कोरेर तिनीहरूलाई आफ्नो ठाउँ देखाई दिनुहुनेछ। यसैले पशुहरूले आफ्नो ठाउँ बनाउने छन्। तिनीहरू त्यहाँ सधैँका लागि बस्नेछन्।

शेयर गर्नुहोस्
यशैया 34 NERV

यशैया 34:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभुले नै तिनीहरूलाई जग्‍गाहरू बाँडिदिनुहुन्‍छ र प्रत्‍येकलाई हिस्‍सा दिनुहुनेछ। तिनीहरू त्‍यस ठाउँमा युग-युग बास गर्नेछन् र त्‍यो सदाकाल तिनीहरूको हुनेछ।

शेयर गर्नुहोस्
यशैया 34 सरल नेपाली