यशैया 14:9-16
यशैया 14:9-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तेरो आगमनमा तँलाई भेट्न चिहान पनि तेरो निम्ति चलमलाएको छ। त्यसले मरेर बिदा भइसकेका आत्माहरूलाई पनि तँलाई स्वागत गर्न जगाउँछ— ती सबै जना जो संसारमा नेताहरू थिए— त्यसले उनीहरूलाई आफ्ना सिंहासनबाट उठ्न लगाउँछ, ती सबै जो जाति-जातिहरूका राजाहरू थिए। उनीहरू सबैले तँलाई जवाफ दिएर भन्नेछन्, “तँ पनि हामीजस्तै निर्बल भएको छस्। तँ हामीजस्तै भएको छस्।” तेरा सबै रवाफ त तेरा वीणाको गुञ्जनसँगै चिहानमा झारिएका छन्। औँसा तेरो ओछ्यान र कीरा तेरो ओढ्ने भएका छन्। ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्वर्गबाट कसरी खसेको छस्! उहिले जाति-जातिहरूलाई होच्याउने, तँ कसरी भूइँमा तल खसालिइस्। तैंले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु। परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु। पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासद्को पर्वतमा म विराजमान हुनेछु। म बादलको टुप्पाभन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु।” तर तँ चिहानसम्म, खाड़लको तल्लो गहिराइसम्मै होच्याइस्। तँलाई देख्नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्यमाथि ध्यानसित गुनेर भन्नेछन्, “पृथ्वीलाई हल्लाउने तथा राज्यहरूलाई थरहरी पार्ने
यशैया 14:9-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तेरो आगमनको प्रतीक्षामा पाताल पनि उत्प्रेरित भएको छ; त्यसले तँलाई अभिवादन गर्न मरेका आत्माहरूलाई जगाउँछ— संसारका अगुवा भएर रहेका थिए; यसले एक पल्ट जातिहरूमाथि राजा भएकाहरूलाई तिनीहरूका सिंहासनबाट उठाउँछ। तिनीहरू सबैले जवाफ दिएर तँलाई यसो भन्नेछन्, “तँ अब हामीजस्तै कमजोर भएको छस्; तँ हामीजस्तै भइस्।” तेरा सबै रवाफ, र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; अनि किराहरूले तँलाई ढाकेका छन्। हे बिहानको तारा, प्रभातको पुत्र, तँ कसरी स्वर्गबाट खसेको छस्! जातिहरूलाई होच्याउने, तँ पृथ्वीमा फ्याँकिएको छस्! तैँले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु; म आफ्नो सिंहासनलाई परमेश्वरका ताराहरूभन्दा माथि उचाल्नेछु; म सभाको पर्वतमाथि सिंहासनमा, शाफोन पर्वतको सर्वोच्च स्थानमा विराजमान हुनेछु। म बादलहरूभन्दा माथि उक्लनेछु; म आफैँलाई सर्वोच्च परमेश्वर बराबर बनाउनेछु।” तर तँलाई चिहानसम्म, खाडलको गहिराइसम्मै होच्याइयो। तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, तेरो दशामा तिनीहरूले विचार गर्नेछन्: “के यो त्यही मानिस हो, जसले पृथ्वीलाई हल्लायो; अनि राज्यहरूलाई थर्कमान बनायो।
यशैया 14:9-16 पवित्र बाइबल (NERV)
पातल उत्तेजित छ, किनभने तिमीहरू आइरहेका छौ। तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ। पातलले राजाहरूलाई, तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउँछ, पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ। सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्। तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ। अब तिमीहरू खाली हामीहरू जस्तै हौ।” तिम्रो रवाफ पातालमा पठाइएकोछ। वीणाबाट गुन्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ। औंसाहरूले तिम्रो शरीर खानेछ, तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ। कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्। तिमी बिहानको तारा जस्तो थियौ, तर तिमी आकाशबाट खस्यौ। पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो। तर अहिले तिमी काटिएर ढल्यौ। तिमीले सधैँ आफैंले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु, म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत सापोनको टापुमा बस्नेछु, म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु। म बादलहरूको बेदी सम्म जानेछु, म आफू सर्वोच्च परमेश्वर जस्तै हुनेछु।” तर त्यस्तो भएन, तिमी परमेश्वरसँग आकाशमाथि गएनौ, तिमीलाई गहिरो खाडल मुनि ल्याइयो पातालमा-मृत्युको ठाउँमा। मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले। तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने, “के यो त्यही मानिसहरू हुन, जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”
यशैया 14:9-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“मरेकाहरूका देशले बेबिलोनका राजालाई स्वागत गर्न तयारी गर्दै छ। पृथ्वीका शक्तिशाली अगुवाहरूका आत्माहरू यताउता घुमिरहेका छन्। राजाहरूका आत्माहरू सिंहासनबाट उठ्दै छन्। तिनीहरूले उसलाई यसो भन्दछन्, ‘तिमी अब हामीजस्तै दुर्बल भएका छौ! तिमी हामीजस्तै भयौ! वीणा बजाएर तिम्रो सम्मान गरिन्थ्यो तर अब यहाँ मृत्यु-लोकमा आइपुगेका छौ। औँसा तिम्रो ओछ्यान र किरा तिम्रो ओढ्ने भएको छ’।” हे बेबिलोनका राजा, बिहानको चम्किलो तारा, प्रभातको पुत्र तँ आकाशबाट खसिस्! अघि तैँले जाति-जातिलाई जितिस् तर अहिले आफैं भूइँमा ढलेको छस्। तैँले स्वर्गमा पुग्ने र सबैभन्दा अग्लो ताराभन्दा पनि अरू उच्चमा आफ्नो सिंहासन राख्ने पक्का विचार गरेको थिइस्। उत्तरमा देव-देवता भेला हुने पर्वतमा राजाजस्तै विराजमान् गर्छु भन्ने विचार गरेको थिइस्। बादलको माथि चढी सर्वशक्तिमान् बराबर हुन्छु भनी तैँले ठानेका थिइस्। तर त्यसको सट्टामा तँ मृत्यु-लोकको सबैभन्दा गहिरो ठाउँमा झारिएको छस्। मरेकाहरूले मुख बाएर तँलाई हेर्नेछन्। तिनीहरूले यसरी सोध्छन्, “के पृथ्वी हल्लाउने र राज्य-राज्य थर्काउने मानिस यही हो?