यशैया 1:10-20 - Compare All Versions

यशैया 1:10-20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हे सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन! हे गमोराका मानिस हो, हाम्रा परमेश्‍वरको कानून ध्‍यान दिएर सुन! परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्‍ति के काम लाग्‍छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्‍न हुन्‍नँ। जब तिमीहरू मसँग भेट्‌नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्‍छ र? मेरा आँगनहरू खुट्टाले कुल्‍चीमिल्‍ची गर्न कसले तिमीहरूलाई भनेको छ र? व्‍यर्थका बलिहरू नल्‍याओ। तिमीहरूको धूप त मेरो निम्‍ति घिनलाग्‍दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्‍ट जमघटहरू म सहन सक्‍दिनँ। तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्‍ति भार भएका छन्‌। ती बोक्‍दा-बोक्‍दा म थाकेको छु। तिमीहरूले प्रार्थनामा आफ्‍ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्‍नेछु। तिमीहरूले ज्‍यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌। आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्‍ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। भलाइ गर्न सिक! न्‍याय खोज, अत्‍याचारमा परेकाहरूलाई प्रोत्‍साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ। परमप्रभु भन्‍नुहुन्‍छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्‍ना कुराको छलफल गरौं। तिमीहरूका पापहरू सिन्‍दूरे रङ्गका भए तापनि ती हिउँजस्‍तै सेता हुनेछन्‌। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्‍तै हुनेछन्‌। यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ। तर तिमीहरू इन्‍कार गर्छौ र अटेरी हुन्‍छौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि परमप्रभुकै मुखले यो कुरा भन्‍नुभएको हो।

शेयर गर्नुहोस्
यशैया 1 NNRV

यशैया 1:10-20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हे सदोमका शासकहरू हो, याहवेहको वचन सुन; हे गमोराका मानिसहरू हो, हाम्रा परमेश्‍वरको व्यवस्था ध्यानसित सुन! याहवेह भन्‍नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरा निम्ति के कामको छ र? मसित चाहिने भन्दा बढी साँढे र मोटा-मोटा पशुहरूका होमबलि छन्। साँढेहरू, थुमाहरू र बाख्राहरूको रगतले म प्रसन्‍न हुँदिनँ। जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, के तिमीहरूलाई कसैले मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न भनेको छ र? व्यर्थैका बलिहरू ल्याउन बन्द गर! तिमीहरूका धूप त मेरा निम्ति घृणित छ। औँसी, शब्बाथ र सभाहरूका साथसाथै तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ। तिमीहरूका औँसीका चाडहरू, र तिमीहरूले ठहराएका चाडहरूलाई म मेरो सारा प्राणले घृणा गर्छु। ती मेरा निम्ति बोझ भएका छन्; ती बोक्दा-बोक्दै म थकित भइसकेको छु। तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा, म आफ्ना आँखाहरू तिमीहरूबाट लुकाउनेछु; तिमीहरूले धेरै प्रार्थना गरे तापनि म त्यो सुन्‍नेछैनँ। तिमीहरूका हातहरू रगतले भरिएका छन्! आफूलाई धोएर शुद्ध पार। तिमीहरूका दुष्‍ट कर्महरू मेरो दृष्‍टिबाट टाढा लैजाओ; खराबी गर्न छोड। भलाइ गर्न सिक; न्याय खोज। थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ। अनाथहरूका पक्षमा बोल; विधवाहरूको मुद्दा लडिदेओ।” याहवेह भन्‍नुहुन्छ, “अब आओ, हामी एकसाथ विचार गरौँ। तिमीहरूका पाप सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्; ती गाढा राता रङ्गका भए तापनि ती ऊनजस्तै सेता हुनेछन्। यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने, तिमीहरूले देशका सर्वोत्तम कुराहरू खानेछौ; तर यदि तिमीहरूले विरोध गर्‍यौ र बागी भयौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि याहवेहले बोल्नुभएको छ।

शेयर गर्नुहोस्
यशैया 1 NCV

यशैया 1:10-20 NERV (पवित्र बाइबल)

हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन! परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेंडा़को बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिँदिनँ। जब तिमीहरू मसँग भेट्न आयौ, तिमीहरूले मेरो आँगनको सबै चीजहरू कुल्चँदै आयौ। तिमीहरूलाई त्यसो गर्न कसले भन्यो? “व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउँछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु। मेरा सम्पूर्ण हृदयबाटै तिमीहरूले गरेका मासिक सभा र महासभाहरू म घृणा गर्छु। ती सभाहरू मेरा निम्ति अत्यन्त बोझ भएका छन्। अनि म ती भारीहरू बोकेर थाकि सकेकोछु। “तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्। “आफू स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाहँदिन गल्ती काम नगर! राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।” परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिऊँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ। “मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ। ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

शेयर गर्नुहोस्
यशैया 1 NERV

यशैया 1:10-20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हे यरूशलेम, तेरा शासकवर्ग र मानिसहरू सदोम र गमोराका जस्‍तै छन्। परमप्रभुले तँलाई के भन्‍दै हुनुहुन्‍छ, त्यो सुन्‌! हाम्रा परमेश्‍वरले तँलाई के सिकाउँदै हुनुहुन्‍छ, त्‍यसमा ध्‍यान दे। उहाँ भन्‍नुहुन्‍छ, “के तिमीले चढाइरहेका थुप्रै बलिदानहरू म चाहन्‍छु भनी तिमीहरू सोच्‍दैछौ? मलाई त तिमीहरूले होमबलि चढाएका भेडाहरू र मोटा पशुका बोसोले नाक लागिसक्‍यो। साँढेहरू, भेडाहरू र बोकाहरूका रगतले मलाई वाक्‍क लागिसक्‍यो। मलाई पुज्‍न आउँदा यी सबै कुरा ल्‍याउनुपर्छ भनी कसले तिमीहरूलाई भन्‍यो? कसले मेरो मन्‍दिरमा तिमीहरूलाई खुट्टाले कुल्‍ची-मिल्‍ची गर्न लगायो? तिमीहरूका भेटीहरू ल्‍याउनु व्‍यर्थ छ। तिमीहरूले बालेका धूपसित म विरक्त भइसकें। तिमीहरूका औंसीका चाड, विश्रामको दिन पालन र धार्मिक सभाहरू मैले सहन नसक्‍ने भएका छन्। तिमीहरूका पापले गर्दा ती भ्रष्‍ट भएका छन्। म तिम्रा औंसी र अरू पवित्र चाडका दिनहरूलाई घृणा गर्दछु। ती मैले बोक्‍न नसक्‍ने भार भएका छन्। “तिमीहरूले प्रार्थनामा हात उचाल्‍दा म आफ्‍नो मुख अर्कोतिर फर्काउनेछु। तिमीहरूले जति धेरै प्रार्थना गरे पनि म ती सुन्‍नेछैनँ किनभने तिमीहरूका हातमा हत्‍या गरेका रगत लागेको छ। आफैंलाई धोएर चोखो पार। जुन दुष्‍कर्म तिमीहरूले गरेको म देख्‍दछु, ती बन्‍द गर। हो, दुष्‍कर्म छोड र ठीक काम गर्न सिक। सबैको निसाफ गर, अत्‍याचारमा परेकाहरूलाई सहायता गर, टुहुरा-टुहुरीहरूको हकको खोजी गरिदेऊ, रक्षा गरिदेऊ र विधवाको पक्षमा बोल।” परमप्रभु भन्‍नुहुन्‍छ, “आओ, हामी सबै कुरा छलफल गरौं। पापले तिमीहरूमा रातो दाग लागे तापनि म तिमीहरूलाई धोई हिउँजस्‍तै सेतो पार्नेछु। तिमीहरूका पापको दाग गाढा रातो रङ्गको भए तापनि तिमीहरू ऊनजस्‍तै सेता हुनेछौ। तिमीहरू मेरा आज्ञापालन गर्न इच्‍छुक भयौ भने तिमीहरूले देशका असल-असल उब्‍जाउहरू खान पाउनेछौ। तर तिमीहरूले अटेरी र मेरो विरोध गर्‍यौ भने त तिमीहरू तरवारले मारिनेछौ। म परमप्रभु यो कुरा भन्‍दछु।”

शेयर गर्नुहोस्
यशैया 1 सरल नेपाली