होशे 9:1
होशे 9:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ए इस्राएल, नरमाओ। अरू जाति-जातिहरूझैँ आनन्दले नरमाओ, किनकि तिमी आफ्ना परमेश्वरप्रति अविश्वासी भएका छौ! अन्नको प्रत्येक खलामा वेश्यावृत्तिको ज्याला लिन तिमीलाई मन पर्छ।
होशे 9:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे इस्राएल, रमाइलो नगर्; अरू राष्ट्रहरूजस्तै हर्षले उत्सव नमना। किनकि तँ आफ्ना परमेश्वरप्रति विश्वासघाती भएको छस्; तैँले हरेक खलामा वेश्यावृत्तिको ज्याला मन पराएको छस्।
होशे 9:1 पवित्र बाइबल (NERV)
हे इस्राएल, तिमी अरू देशका मानिसहरूले मनाए जस्तै खुशी नमनाऊ। तिमी खुशी न हौ। किनभने तिमीले आफ्ना परमेश्वरलाई त्यागेर वेश्यावृत्ति गर्न लागेको छौ। तिमीले प्रत्येक खलोमा वेश्यावृत्ति गरेको छौ।
होशे 9:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे इस्राएलका मानिसहरू हो, तिमीहरूले मूर्तिपूजकहरूले जस्तै चाडहरू मनाउन छोड। तिमीहरू आफ्ना परमेश्वरबाट तर्की गएका छौ र उहाँसित विश्वासघात गरेका छौ। वेश्याहरूझैँ तिमीहरूले देशभरि आफूलाई बाल देवताका हातमा बेचिसकेका छौ र त्यसले दाम तिरी किनेको अन्न भन्ठानी त्यसलाई तिमीहरूले प्रेम गर्छौ।