होशे 8:1-14
होशे 8:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तुरही फुक! एउटा गरुड परमप्रभुको भवनमाथि उड्दैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्धमा बागी भएका छन्। इस्राएलले मलाई पुकारा गर्छ, ‘हे हाम्रा परमेश्वर, हामी इस्राएलीहरू तपाईंलाई मान्दछौं’। तर जे भलो छ त्यो इस्राएलले इन्कार गरेको छ। एउटा वैरीले त्यसलाई खेद्नेछ। तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू नियुक्त गर्छन्, तिनीहरूले मेरो स्वीकृतिविना भारदारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना लागि मूर्ति बनाउँछन्। ए सामरिया, तेरो बाछाको मूर्ति मिल्काइदे। मेरो रीस तिनीहरूका विरुद्धमा दन्केको छ। तिनीहरू कहिलेसम्म शुद्ध हुनलाई असक्षम रहन्छन्? तिनीहरू इस्राएलका हुन्। यो बाछो कारीगरले बनाएको हो। त्यो त परमेश्वर होइन। सामरियाको त्यो बाछो टुक्रै-टुक्रा पारिनेछ। “तिनीहरू बतास छर्दछन्, र तिनीहरूले भुमरीको कटनी गर्नेछन्। डाँठमा केही बाला लाग्दैन, तिनीहरूको केही फसल रहनेछैन। त्यो पसाइहाले तापनि विदेशीहरूले त्यो निलिहाल्नेछन्। इस्राएल निलिहालियो। त्यो जाति-जातिहरूका बीचमा निकम्मा वस्तुझैँ भएको छ। वन-गधा एकलै यताउता हिँड़िरहेझैँ तिनीहरू अश्शूरमा गए। एफ्राइमले ज्यालामा आफ्ना प्रेमीहरूसँग आफूलाई बेचेको छ। तिनीहरूले आफैलाई जाति-जातिमा बेचे पनि म अब तिनीहरूलाई एकसाथ जम्मा गर्नेछु। शक्तिशाली राजाको अत्याचारमुनि तिनीहरू कमजोर भएर जानेछन्। “एफ्राइमले पापबलिका धेरै वेदीहरूको संख्या बढ़ाए पनि ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भएका छन्। मैले तिनीहरूका निम्ति धेरै विधिहरू मेरो व्यवस्थामा लेखें, तर तिनीहरूले तिनलाई पराई थोकजस्तै ठाने। मलाई दिइएका बलि तिनीहरू चढ़ाउँछन् अनि मासु तिनीहरू खान्छन्, तर परमप्रभु तिनीहरूसँग खुशी हुनुहुन्न। अब उहाँले तिनीहरूको अधर्म सम्झना गरेर तिनीहरूका पापका निम्ति दण्ड दिनुहुनेछ। तिनीहरू मिश्रदेशमा फर्केर जानेछन्। इस्राएलले आफ्ना सृष्टिकर्तालाई बिर्सेर महलहरू बनाएको छ, यहूदाले धेरै सहरमा किल्लाहरू निर्माण गरेको छ। तर म तिनीहरूका सहरहरूमा आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ।”
होशे 8:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तुरहीलाई आफ्नो ओठमा राख! शत्रु चीलजस्तै याहवेहको भवनमाथि घुम्दैछ, किनकि मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्धमा विद्रोही भएका छन्। इस्राएलले मलाई पुकार गर्छ, ‘हे हाम्रा परमेश्वर, हामी तपाईंलाई स्वीकार गर्छौँ!’ तर इस्राएलले असल कुरालाई तिरस्कार गरेको कारण शत्रुले त्यसलाई खेद्नेछ। तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू खडा गर्छन्; तिनीहरूले मेरो सहमतिविना राजकुमारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना निम्ति मूर्तिहरू बनाउँछन्। हे सामरिया, तिमीहरूको बाछाको मूर्ति फ्याँकिदेओ! तिनीहरूको विरुद्धमा मेरो रिस दन्केको छ। कहिलेसम्म तिनीहरू अशुद्ध भइरहन्छन्? तिनीहरू इस्राएलका हुन्! यो बाछा एक जना कारिगरले बनाएको हो; त्यो परमेश्वर हुँदै होइन। तर सामरियाको त्यो बाछा टुक्रा-टुक्रा पारिनेछ। “तिनीहरूले बतास छर्दछन्, र आँधीबेहरीको कटनी गर्दछन्। गहुँको डाँठमा बाला छैन; त्यसबाट पिठो पनि निस्कनेछैन। यदि त्यसले अन्न फलाए तापनि विदेशीहरूले त्यसलाई निलिदिनेछन्। इस्राएल निलिएको छ; अब त्यो राष्ट्रहरूको बीचमा कसैले नचाहने वस्तुजस्तै भएको छ। किनकि तिनीहरू एकलै डुलिहिँड्ने जङ्गली गधाजस्तै अश्शूरतिर गएका छन्। एफ्राइमले आफूलाई प्रेमीहरूका हातमा ज्यालामा बेचेकी छ। तिनीहरूले आफूलाई राष्ट्रहरूमा बेचे तापनि अब म तिनीहरूलाई एकसाथ भेला गर्नेछु। शक्तिशाली राजाको थिचोमिचोमा परेर तिनीहरू नाश हुन थाल्नेछन्। “एफ्राइमले पापबलिका निम्ति धेरै वेदीहरू बनाए तापनि ती वेदीहरू त्यसका निम्ति पाप गर्ने कारण भएका छन्। मैले तिनीहरूका निम्ति मेरा व्यवस्थाका धेरै कुराहरू लेखिदिएको छु; तर तिनीहरूले ती व्यवस्थालाई कुनै विदेशी वस्तुझैँ ठाने। तिनीहरूले मलाई बलिदानहरू चढाउँछन्, र मासुचाहिँ तिनीहरूले खान्छन्; त्यसैले याहवेह तिनीहरूसँग प्रसन्न हुनुहुन्न। यसकारण उहाँले तिनीहरूको दुष्टता सम्झनुहुनेछ, र तिनीहरूका पापको दण्ड दिनुहुनेछ: तिनीहरू फेरि इजिप्टमा फर्किजानेछन्। इस्राएलले आफ्ना सृष्टिकर्तालाई बिर्सिएको छ, र महलहरू बनाएको छ; यहूदाले धेरै सहरहरूलाई सुरक्षित पर्खालले घेरेको छ। तर म तिनीहरूका सहरहरूमा आगो पठाउनेछु, जसले तिनीहरूका गढहरूलाई भस्म पार्नेछ।”
होशे 8:1-14 पवित्र बाइबल (NERV)
“तुरही फुक! परमप्रभुको मन्दिरमाथि एउटा चील उडिरहेकोछ। किनभने तिनीहरूले मेरो करार भङ्ग गरे र मेरो सम्झौताको विरूद्धमा अपराध गरे। तिनीहरूले मसित चिच्याएर भन्छन, ‘हे हाम्रा परमेश्वर हामी इस्राएलीहरूले तपाईंलाई चिन्दछौ।’ जे भलो छ त्यो इस्राएलले फालिदिएकोछ। बैरीले त्यसलाई खेद्नेछ। तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिनँ। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई नष्ट गरिनेछ। ए सामारिया, मैले तिम्रो बाछा मिल्काइ दिएँ! ‘मेरो रीस तिनीहरूको विरूद्धमा दन्केको छ!’ तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्? एकजना इस्राएली कारीगरले बाछा बनायो। त्यो परमेश्वर होइन। निश्चय नै सामरियाको बाछालाई टुक्रा-टुक्रा पारिनेछ। तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्। “इस्राएल नष्ट भयो। अब तिनीहरू जाति-जातिहरूका बीचमा बेकामको भाँडा जस्तै भएका छन्। वन-गधा आफैं एक्लै हिँडिरहे झैं तिनीहरू अश्शूरमा गए। एप्रैमले आफ्नो निम्ति ‘ज्यालामा’ नाठाहरू राखेको छ। अन्य जातिहरूलाई तिनीहरूले ‘ज्यालामा’ राखे तापनि म तिनीहरूलाई अब चाँडै जम्मा गर्नेछु, राजा र भारादारहरूलाई अभिषेक गर्न, केही समयका निम्ति तिनीहरू रोकिन्छन्। “एप्रैमले पाप गर्नलाई वेदीको संख्या बढायो। ती त्यसको निम्ति पाप गर्ने वेदीहरू भए। मैले त्यसका निम्ति मेरो व्यवस्थामा, लाखौं विधिहरू लेखें तापनि ती कुरा बीराना ठानिनेछन्। मेरो भेटीको लागि तिनीहरूले मासु चढाउँछन् र खान्छन्, तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूलाई तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ। तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ। किनभने इस्राएलले आफ्ना सृष्टिकर्तालाई बिर्सेर महलहरू बनायो, औ यहूदाले चाँहि पर्खाल भएका शहरहरूको संख्या बढायो। तर म तिनीहरूका शहरहरूमा आगो लगाइदिनेछु र त्यसले त्यसका महलहरू भस्म पार्नेछ।”
होशे 8:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “तुरही फुक र चेतावनी देऊ। शत्रुहरू चिलझैँ वेग हानेर मेरो देशमाथि आइरहेका छन्। मेरा प्रजाले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गरेका छन् र मेरो व्यवस्थाको विरोध गरेका छन्। इस्राएलले मलाई “हाम्रा परमेश्वर, हामी तपाईंलाई स्वीकार गर्छौं,” भनी पुकारे पनि जे कुरा असल छ, त्यसलाई अस्वीकार गरेका छन्। त्यसकारण तिनीहरूका शत्रुले तिनीहरूलाई खेदो गर्नेछन्। “मेरा प्रजाले आफ्ना राजाहरू चुने; तर त्यो काम आफ्नै खुसीले गरे। मेरो अनुमतिबिना नै तिनीहरूले आफ्ना अगुवाहरू खटाए। तिनीहरूले आफ्ना सुन र चाँदी लिई मूर्तिहरू बनाएर आफैंमाथि नाश ल्याए। सामरियाका सहरहुँदो मेरा प्रजाले पुजेका सुनका साँढेलाई म घृणा गर्दछु। म तिनीहरूसित औधी रिसाएको छु। अब तिनीहरूले कहिले मूर्तिपूजा त्याग्ने हो? यो त एउटा इस्राएली कारिगरले बनाएको साँढेको मूर्ति न हो; तर यो ईश्वर हुँदै होइन सामरियामा पुजिने सुनको साँढे टुक्रै-टुक्रा पारेर नष्ट गरिनेछ। बतास छर्नेहरूले आँधी-बेहरी बटुल्नेछन्। बारीको बाली नपाकेसम्म रोटी बनिन सक्दैन। तर रोटी पाइहाले पनि त्यो विदेशीहरूको मुखमापर्नेछ। इस्राएल अरू जातिजस्तै बनिसकेको छ र फुटेको भाँडाजस्तै बेकामे भएको छ। इस्राएलका मानिसहरू जङ्गली गधाझैँ ढिट भएर आफ्नै सुरमा हिँडिरहन्छन्। तिनीहरू अर्कै बाटो भएर अश्शूरसँग सहायता माग्न पुगेका छन् र आफ्ना बचाउका निम्ति अरू जातिहरूलाई ज्याला तिरेका छन्। तर अब म तिनीहरूलाई एकसाथ जम्मा गर्नेछु र दण्ड दिनेछु। चाँडै अश्शूरका राजाले तिनीहरूमाथि अत्याचार गर्नेछन् र तिनीहरू वेदनाले छट्पटिनेछन्। “पाप कटनीको निम्ति जति धेरै वेदीहरू इस्राएलीहरूले बनाउलान्, उति नै धेरै पाप गर्ने ठाउँहरू बनिनेछन्। म व्यवस्थामा धेरै शिक्षा तिनीहरूको निम्ति लेख्छु तर तिनीहरूले ती सबै अनौठा र विदेशी नियम भनी इन्कार गर्छन्। तिनीहरूले मलाई बलि चढाउँछन् र बलिका मासु खान्छन्। तर म परमप्रभु तिनीहरूसित खुसी छैनँ। अब मैले तिनीहरूका पाप सम्झँदै तिनीहरूलाई दण्ड दिनेछु। म तिनीहरूलाई मिश्रमा फर्कन लाउनेछु। “इस्राएलका मानिसहरूले राजमहलहरू बनाएका छन् तर तिनीहरूले आफ्ना सृष्टिकर्तालाई भुलेका छन्। यहूदाका मानिसहरूले किल्ला बनाएर सहरहरू सुरक्षित पारेका छन्। तर म आगो पठाएर तिनीहरूका राज-महल र सहरहरू भस्म पार्नेछु।”