होशे 6:1-3
होशे 6:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ। दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुन: खड़ा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं। आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।”
होशे 6:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“आओ, हामी याहवेहतिर फर्कौँ। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ; उहाँले हामीलाई चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलमपट्टी बाँध्नुहुनेछ। दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ; तेस्रो दिन उहाँले हामीलाई पुनर्स्थापित गर्नुहुनेछ, र हामी उहाँको उपस्थितिमा जीवित रहनेछौँ। हामी याहवेहलाई स्वीकार गरौँ; हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ। निश्चय नै सूर्य उदाएझैँ उहाँ देखा पर्नुहुनेछ; उहाँ हामीकहाँ हिउँदको झरीझैँ र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।”
होशे 6:1-3 पवित्र बाइबल (NERV)
“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ, र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलम पट्टी बाँध्नु हुनेछ। दुइ दिनपछि उहाँले हामीलाई पुनःर्जीवित पार्नु हुनेछ अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउँनु हुनेछ। हामी उहाँकै अघि जिउँदो हुनेछौं। आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। हामीलाई थाह छ उहाँ आउनुहुनेछ। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने, आखिरी बर्षा झैं आउनु हुनेछ।”
होशे 6:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरू भन्दछन्, “हामी परमप्रभुकहाँ फर्कौं! उहाँले हामीलाई चोट पार्नुभयो, उहाँले नै हामीलाई निश्चय निको पार्नुहुनेछ। उहाँले हामीलाई घाइते बनाउनुभयो, उहाँले हाम्रा घाउमा मलम-पट्टी लगाइदिनुहुनेछ, होइन र? दुई तीन दिनमा उहाँले हामीलाई फेरि जगाउनुहुनेछ र हामी उहाँका सामुन्नेमा जिउनेछौं। हामीहरू परमप्रभुलाई चिन्ने चेष्टा गरौं। जसरी बिहान उज्यालो हुन्छ वा जमिन भिजाउने बसन्त ऋतुको झरी निश्चय आउनेछ, त्यसरी नै उहाँ हामीकहाँ अवश्यै आउनुहुनेछ।”