होशे 2:19-20
होशे 2:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तँलाई सधैँको निम्ति मेरी पत्नी तुल्याउनेछु। म धार्मिकता र न्यायमा दृढ़ प्रेम र माया गरेर तँलाई पत्नी तुल्याउनेछु। म तँलाई ईमानदारीमा मेरी पत्नी तुल्याउनेछु, र तैंले परमप्रभुलाई चिन्नेछस्।”
होशे 2:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु; म तँलाई धार्मिकतामा र न्यायमा, प्रेममा र दयामा दुलही बनाउनेछु। म तँलाई विश्वासयोग्यतामा दुलही बनाउनेछु; अनि तैँले याहवेहलाई चिन्नेछस्।”
होशे 2:19-20 पवित्र बाइबल (NERV)
अनि म (परमेश्वर) तिमीलाई सधैँको निम्ति दुलही बनाउँनेछु। म तिमीलाई धर्म र न्यायपूर्वक दृढ प्रेम र माया गरेर दुलही बनाउँनेछु। म तिमीलाई मेरी विश्वास योग्य दुलही बनाउँनेछु। त्यसपछि तिमी साँच्चो अर्थमा परमप्रभुलाई जान्नेछौ।
होशे 2:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ए इस्राएल, म तँलाई मेरी स्वास्नी बनाउनेछु। म तेरो साँचो र विश्वासयोग्य लोग्ने हुनेछु। म तँलाई निरन्तर प्रेम र दया देखाउनेछु। सधैँको लागि तँ मेरो हुनेछस्। मेरो प्रतिज्ञा पूरा गरी तँलाई आफ्नै बनाउनेछु र तैँले मलाई परमप्रभु भनी स्वीकार्नेछस्।