होशे 14:1-3

होशे 14:1-3 पवित्र बाइबल (NERV)

हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ। जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन, “हाम्रा सबै पापहरू टाढा गरेर, जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर, जुन हामीले भनिरहेकाछौ। हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौं। अश्शूरले हामीलाई बँचाउन सक्तैंन। हामी घोडहरूमाथि सवार हुनेछैनौ। न त हामी आफ्नो हातले बनाएको कुरालाई ‘हाम्रो परमेश्वर’ भन्नेछौं। किनकि बिना आमा बाबुका सन्तानहरूप्रति दया गर्ने, केवल तपाईं मात्र हुनुहुन्छ।”

शेयर गर्नुहोस्
होशे 14 पढ्नुहोस्

होशे 14:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे इस्राएलका मानिसहरू हो, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्की आओ। तिम्रा पापले तिमीहरूलाई ठोकर दिएर पतन गराएको छ। परमप्रभुकहाँ फर्क र उहाँलाई यस्‍तो प्रार्थना चढाओ, “हामीहरूका सबै पाप क्षमा गर्नुहोस् र हाम्रा प्रार्थना ग्रहण गर्नुहोस् र हामीले गरेका प्रतिज्ञाअनुसार हामी तपाईंको प्रशंसा गर्नेछौं। अश्‍शूरले कहिल्‍यै हामीलाई बचाउन सक्‍दैन र युद्धका घोडाहरूले हाम्रो रक्षा गर्न सक्‍दैनन्। हामीसित भएका हाम्रा हातले बनाएका मूर्तिहरूलाई फेरि कहिल्‍यै हाम्रा परमेश्‍वर हौ भनी हामी भन्‍नेछैनौं। हे परमप्रभु, टुहुरा-टुहुरीलाई तपाईंले कृपा देखाउनुहुन्‍छ।”

शेयर गर्नुहोस्
होशे 14 पढ्नुहोस्