होशे 1:2-3
होशे 1:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब परमप्रभु होशेद्वारा बोल्न लाग्नुभयो, तब परमप्रभुले तिनलाई भन्नुभयो, “जा, गएर एउटी व्यभिचारिणीलाई विवाह गर्, र त्यसको विश्वासघातबाट पैदा भएका सन्तानलाई आफ्ना बना, किनभने यस देशले परमप्रभुलाई त्यागेर अति घोर व्यभिचारको दोषी भएको छ।” यसैले तिनी गएर दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्यसले गर्भवती भएर तिनीबाट एक जना छोरा जन्माई।
होशे 1:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब याहवेह होशेद्वारा पहिलो पटक बोल्न सुरु गर्नुभयो, तब याहवेहले तिनलाई भन्नुभयो, “जा, गएर एउटी वेश्यालाई विवाह गर्, र त्यसबाट सन्तान जन्मा; किनकि एक व्यभिचारिणी पत्नीजस्तै यस देशले याहवेहलाई त्यागेर विश्वासघात गरेर व्यभिचारको दोषी भएको छ।” यसकारण होशेले दिब्लैमकी छोरी गोमेरसँग विवाह गरे; अनि गोमेर गर्भवती भएर होशेको निम्ति एउटा छोरा जन्माई।
होशे 1:2-3 पवित्र बाइबल (NERV)
परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ। किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।” यसकारण होशेले दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे। गोमेर गर्भवती भई र होशेका लागि एउटा छोरा जन्माई।
होशे 1:2-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब परमप्रभु होशेद्वारा पहिलो पटक इस्राएलसित बोल्नुभयो, तब उहाँले होशेलाई यसो भन्नुभयो, “गएर एउटी व्यभिचारिणी स्त्रीसित बिहे गर् र तेरा छोरा-छोरीहरू आमा जस्तै हुनेछन्। यसरी नै मेरा प्रजाले मलाई त्यागेर विश्वासघाती भएका छन्।” यसकारण होशेले दिब्लैमकी छोरी गोमेर नाम गरेकी स्त्रीलाई बिहे गरे। उसले गर्भवती भएर एउटा छोरो जन्माई।