होशे 1:1-2
होशे 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामका शासनकालमा बेरीको छोरो होशेकहाँ आएको परमप्रभुको वचन: जब परमप्रभु होशेद्वारा बोल्न लाग्नुभयो, तब परमप्रभुले तिनलाई भन्नुभयो, “जा, गएर एउटी व्यभिचारिणीलाई विवाह गर्, र त्यसको विश्वासघातबाट पैदा भएका सन्तानलाई आफ्ना बना, किनभने यस देशले परमप्रभुलाई त्यागेर अति घोर व्यभिचारको दोषी भएको छ।”
होशे 1:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा योआशका छोरा यारोबामका शासनकालहरूमा याहवेहको वचन बेरीका छोरा होशेकहाँ आयो: जब याहवेह होशेद्वारा पहिलो पटक बोल्न सुरु गर्नुभयो, तब याहवेहले तिनलाई भन्नुभयो, “जा, गएर एउटी वेश्यालाई विवाह गर्, र त्यसबाट सन्तान जन्मा; किनकि एक व्यभिचारिणी पत्नीजस्तै यस देशले याहवेहलाई त्यागेर विश्वासघात गरेर व्यभिचारको दोषी भएको छ।”
होशे 1:1-2 पवित्र बाइबल (NERV)
परमप्रभुको यो वचन बेरीको छोरा होशेकहाँ आयो। यो वचन उज्जियाह, योनाम, आहाज र हिजकियाह यहूदाका राजा भएको समयमा प्राप्त भएको थियो। यो त्यस समयको कुरा हो जुन समय योआशका छोरो यारोबाम इस्राएलका राजा थिए। परमप्रभुबाट होशेलाई नै यो पहिलो वचन थियो। परमप्रभुले भन्नुभयो, “जाऊ, गएर एउटी वेश्यालाई पत्नी बनाऊ र त्यसको वेश्यावृतिबाट जन्मिएको सन्तानलाई आफ्नो बनाऊ। किनभने यस देशका मानिसहरूले वेश्याहरू जस्तै काम गर्छन्। तिनीहरू परमप्रभुदेखि अविश्वासी भइरहेका छन्।”
होशे 1:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज, हिजकिया र इस्राएलका राजा यहोआशका छोरा यारोबामको शासनकालमा परमप्रभुले बेरीको छोरो होशेलाई यो वचन दिनुभयो। जब परमप्रभु होशेद्वारा पहिलो पटक इस्राएलसित बोल्नुभयो, तब उहाँले होशेलाई यसो भन्नुभयो, “गएर एउटी व्यभिचारिणी स्त्रीसित बिहे गर् र तेरा छोरा-छोरीहरू आमा जस्तै हुनेछन्। यसरी नै मेरा प्रजाले मलाई त्यागेर विश्वासघाती भएका छन्।”