हिब्रू 6:11-12
हिब्रू 6:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी चाहन्छौं, कि तिमीहरू प्रत्येकले आफ्ना सम्पूर्ण आशा प्राप्त गर्नका निम्ति अन्त्यसम्मै त्यही तत्परता देखाउनेछौ, यस उद्देश्यले कि तिमीहरू सुस्त हुनेछैनौ, तर तिनीहरूका अनुकरण गर्नेछौ, जुनहरू विश्वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुन्छन्।
हिब्रू 6:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी चाहन्छौँ, तिमीहरूको आशा पक्का गर्नको लागि तिमीहरू हरेकले अन्त्यसम्म त्यस्तै परिश्रम देखाइरहो। हामी तिमीहरू अल्छे भएका चाहँदैनौँ, तर तिनीहरूको देखासिकी गर्ने होओ, जसले विश्वास र धीरजद्वारा प्रतिज्ञा गरिएका थोकहरूको अधिकार पाए।
हिब्रू 6:11-12 पवित्र बाइबल (NERV)
तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ। अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।