हिब्रू 5:7-9
हिब्रू 5:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बड़ो क्रन्दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो। उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो।
हिब्रू 5:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्बिन्ती चढाउनुभयो; अनि उहाँको भक्तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो। उहाँ परमेश्वरका पुत्र हुनुभए तापनि उहाँले कष्ट सहनुभएर आज्ञाकारिता सिक्नुभयो। एक पल्ट सिद्ध हुनुभएपछि उहाँका आज्ञा मान्नेहरू सबैको लागि अनन्त मुक्तिको स्रोत हुनुभयो
हिब्रू 5:7-9 पवित्र बाइबल (NERV)
जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो। येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो। तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो।
हिब्रू 5:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा आफूलाई मरेकोबाट बचाउन सक्नुहुनेसँग रुँदै आँसु बगाएर बिन्ती र प्रार्थना चढाउनुभयो। उहाँको नम्रता र भक्तिले गर्दा नै परमेश्वरले उहाँको प्रार्थना सुन्नुभयो। परमेश्वरकै पुत्र भएर पनि आफूले भोगेको दु:ख-कष्टबाट उहाँले परमेश्वरको आज्ञा मान्न सिक्नुभयो। उहाँ पूरा सिद्ध हुनुभएपछि उहाँलाई मान्ने मान्छेहरूका निम्ति उहाँ अनन्त मुक्तिको मूल हुनुभयो।