हिब्रू 5:12-13
हिब्रू 5:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अहिलेसम्म त तिमीहरू अरूलाई सिकाउने भइसक्नुपर्थ्यो, तर अझै परमेश्वरको शिक्षाको बारेमा प्राथमिक कुरा पनि थाहा नभएर अरू कसैले सिकाउनुपर्लाजस्तो छ। अलिक खँदिलो खानेकुराको सट्टा अझै तिमीहरू आमाको दूध चुस्ने बालकजस्तै छौ। आमाको दूध मात्र चुस्छ भने त त्यो अझै बालकै छ। असल र खराबको ज्ञान त्यसले पाएको छैन।
हिब्रू 5:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्छ। दूध मात्र खाएर बाँच्ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ।
हिब्रू 5:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई त कसैले परमेश्वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ! दूध मात्र पिएर बाँच्ने हरेक मानिस बालकझैँ हुने भएको हुनाले धार्मिकताको विषयको शिक्षामा अनभिज्ञ हुन्छ।
हिब्रू 5:12-13 पवित्र बाइबल (NERV)
वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन। दूध खाने अझै पनि नानी नै हुन्छ अनि त्यसले उचित शिक्षाबरे केही जान्दैन।