हिब्रू 4:14-15
हिब्रू 4:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू हाम्रा महान् प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्कासँग स्वीकार गरेको यो विश्वास थामिराखौं। किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो।
हिब्रू 4:14-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण आकाश छिचोलेर जानुहुने परमेश्वरको पुत्र येशू, महान् प्रधान पुजारी, हामीसँग हुनुभएकोले हामीले स्वीकार गरेको विश्वासलाई दृढतापूर्वक थामिराखौँ। किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पुजारी होइन, तर हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो हामीझैँ हरेक प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।
हिब्रू 4:14-15 पवित्र बाइबल (NERV)
हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन।
हिब्रू 4:14-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण हामीले मान्दैआएको विश्वासमा अझ दरिलो भएर बसौं किनभने स्वर्गमा जानुभएका परमेश्वरका पुत्र येशू नै हाम्रा महान् प्रधान पूजाहारी हुनुहुन्छ। हाम्रा प्रधान पूजाहारी हाम्रो कमजोरीलाई बुझिदिन नसक्ने पूजाहारी हुनुहुन्न। हाम्रा पूजाहारी पापले फसाउने सबै कुरामा हामीजस्तै जाँचिनुभयो, तर पाप गर्नुभएन।