हिब्रू 4:11-13
हिब्रू 4:11-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं, र त्यस्तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्। किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ। परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।
हिब्रू 4:11-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण इस्राएलीहरूका अनाज्ञाकारिताको नमुना अपनाएर कोही पनि नष्ट हुन नपरोस् भनेर हामी त्यस विश्राममा प्रवेश गर्न भरमग्दूर प्रयत्न गरौँ। किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ। सारा सृष्टिमा भएको कुनै पनि थोक परमेश्वरको सृष्टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।
हिब्रू 4:11-13 पवित्र बाइबल (NERV)
समस्त हामी पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने सक्दो कोशिश गरौं हामीले सक्दो कोशिश गर्नुपर्छ ता कि परमेश्वरको आज्ञा नमान्नेहरूको नमूना बनेर हामी नष्ट नहौं। परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुइधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ। संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।
हिब्रू 4:11-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसो हुँदा त्यस विश्रामको ठाउँमा पस्न सक्दो कोसिस गरौं र हामी कोही पनि अविश्वासको कारणले अट्टेरी भएका मानिसहरूजस्ता छोडिनेछैनौं। परमेश्वरको वचन त काम गरिरहने र जिउँदो छ। यो दुईधारे तरवारभन्दा पनि धारिलो छ। यसले भित्र पुगी प्राण र आत्मालाई छुट्याइदिन्छ। जोर्नी र मज्जालाई अलग पारिदिन्छ। परमेश्वरको वचनले मानिसहरूको हृदयको विचार र चाहनालाई केलाएर जाँच गर्छ। परमेश्वरले देख्न नसक्ने कुनै कुरा छैन। उहाँका अघि सबै कुरा खुल्ला छन् र छर्लङ्गै देखिन्छन्। उहाँलाई नै हामी आफैंले गरेका कामको लेखा दिनुपर्छ।