हिब्रू 4:1-3

हिब्रू 4:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण परमेश्‍वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्‍ये कोही पनि त्‍यस प्रतिज्ञादेखि वञ्‍चित नहोस्‌। किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्‍नेहरूले विश्‍वासपूर्वक यिनलाई ग्रहण गरेनन्‌। किनकि हामी विश्‍वास गर्नेहरूचाहिँ त त्‍यस विश्राममा प्रवेश गर्छौं, जसो उहाँले भन्‍नुभएको छ, “यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌’।” यद्यपि उहाँका कार्यहरू संसारको उत्‍पत्तिदेखि नै पूरा भइसकेका थिए।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्

हिब्रू 4:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण परमेश्‍वरको विश्राममा पस्‍न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौँ। किनकि तिनीहरूलाई झैँ हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन; किनभने तिनीहरूले आज्ञापालन गर्नेहरूको जस्तो विश्‍वास गरेनन्। तर हामी जतिले विश्‍वास गरेका छौँ, त्यस विश्राममा प्रवेश गरेका छौँ, जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “यसैले मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा पस्‍नेछैनन्।’ ” किनकि उहाँका कामहरू त संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्

हिब्रू 4:1-3 पवित्र बाइबल (NERV)

परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुक्नु हुँदैन। जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्। हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो: “म रिसाएँ र प्रतिज्ञा लिएँ की, ‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।’” परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्

हिब्रू 4:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामीहरूलाई विश्राम दिन्‍छु भनेर परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा अझै पनि छ। त्‍यसकारण होश राखौं र त्‍यस विश्राम पाउने ठाउँमा पस्‍न नपाउने तिमीहरूमा कोही पनि नहोस् किनभने पुर्खाहरूलाई जस्‍तै हामीलाई पनि सुसमाचार सुनाइएको छ। तर तिनीहरूलाई दिइएको सुसमाचार व्‍यर्थ भयो किनभने उनीहरूले सुनेका कुरामा विश्‍वास गरेनन्। अब हामी विश्‍वास गर्नेहरूचाहिँ परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको त्‍यस विश्रामको ठाउँमा पस्‍नेछौं। जसो उहाँले भन्‍नुभयो, “यसकारण मैले रिसमा शपथ खाएर भनें, ‘तिनीहरू कहिल्‍यै पनि मेरो विश्रामको ठाउँमा पस्‍न पाउनेछैनन्’!” सृष्‍टि गरिसक्‍नुभएदेखि नै परमेश्‍वरका सबै काम पूरा भए तापनि उहाँले यसो भन्‍नुभयो।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्