हिब्रू 11:5
हिब्रू 11:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानुभएको थियो। तिनी उठाइलगिनुभन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको थियो।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्हिब्रू 11:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विश्वासद्वारा नै हनोकले मृत्युको अनुभव नगरी उठाइए: “अनि तिनी फेला परेनन्; किनकि परमेश्वरले नै तिनलाई उठाइलैजानुभयो;” किनकि तिनी उठाइनुअगि नै तिनले परमेश्वरलाई खुशी पार्ने व्यक्तिको रूपमा प्रशंसा पाएका थिए।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्हिब्रू 11:5 पवित्र बाइबल (NERV)
हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँच्चोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्