हिब्रू 10:22-23
हिब्रू 10:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाऔं। हामीले दृढ़ स्वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्वासयोग्य हुनुहुन्छ।
हिब्रू 10:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी विश्वासको निश्चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्वरको नजिक जाऔँ। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ। प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ।
हिब्रू 10:22-23 पवित्र बाइबल (NERV)
शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ। हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
हिब्रू 10:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
खराब विवेकबाट हाम्रा मन चोख्याइएको छ र शुद्ध पानीले हाम्रो शरीरलाई धोइएको छ। यसकारण साँचो मन र पक्का विश्वासले निर्धक्क भएर हामी परमेश्वरकहाँ जाऔं। हामीले राखेका आशा बलियोसँग समातिराखौं किनभने आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नु नै हुनेछ।