हिब्रू 1:3-4
हिब्रू 1:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो। जसरी उहाँले प्राप्त गर्नुभएको नाउँ स्वर्गदूतहरूका भन्दा उत्तम छ, त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्च ठहरिनुभएको छ।
हिब्रू 1:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पुत्रचाहिँ परमेश्वरको महिमाको चमक र उहाँ परमेश्वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो। यसकारण उहाँ स्वर्गदूतभन्दा उच्च हुनुभएको छ; अनि तिनीहरूभन्दा उहाँले उच्च नाम उत्तराधिकारस्वरूप पाउनुभएको छ।
हिब्रू 1:3-4 पवित्र बाइबल (NERV)
पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू भन्दा महान् हुनुहुन्छ।
हिब्रू 1:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको ठूलो उज्यालो उहाँमा चम्कन्छ। उहाँ परमेश्वरको साँचो रूप हुनुहुन्छ। उहाँको शक्तिशाली वचनले नै आकाश र पृथ्वीका सबै कुरा अडिएका छन्। मान्छे जातिलाई पापबाट क्षमा दिलाउने काम सकेपछि उहाँ सर्वोच्च परमेश्वरको दाहिनेपट्टि बस्नुभएको छ। स्वर्गदूतहरूभन्दा पुत्र महान् हुनुहुन्छ किनभने परमेश्वरले उहाँलाई स्वर्गदूतहरूलाई भन्दा पनि अति उच्च नाउँ दिनुभयो।