हिब्रू 1:1-2
हिब्रू 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो।
हिब्रू 1:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बितेका समयमा परमेश्वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो; तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्वलाई पनि बनाउनुभयो।
हिब्रू 1:1-2 पवित्र बाइबल (NERV)
अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो। अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसँग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो।
हिब्रू 1:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहिलेको समयमा परमेश्वर अगमवक्ताहरूका मुखबाट धेरै किसिमले धेरै पटक हाम्रा पुर्खाहरूसँग बोल्नुभयो। तर यी अन्तिम दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। परमेश्वरले ख्रीष्टबाट नै जगत्को सृष्टि गर्नुभयो अनि सबै सृष्टिका सबै कुराको जिम्मा दिन उहाँलाई नै छान्नुभयो।