हबकूक 3:3-4
हबकूक 3:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। सेला उहाँको महिमाले स्वर्ग ढाक्यो, र पृथ्वी उहाँको प्रशंसाले भरियो। उहाँको गौरव सूर्योदयझैँ थियो, उहाँको हातबाट किरणहरू चम्किनिस्के, जहाँ उहाँको शक्ति लुकेको थियो।
हबकूक 3:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वर तेमानबाट आउनुभयो, पवित्र परमेश्वर पारान पर्वतबाट आउनुभयो। सेला उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो; अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो। उहाँको गौरव सूर्योदय जस्तै थियो; उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो, जहाँ उहाँको शक्ति लुकेको थियो।
हबकूक 3:3-4 पवित्र बाइबल (NERV)
परमेश्वर तेमानवाट आउँनु हुँदैछ। पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ, आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो, अनि पृथ्वी उहाँको प्रशंसाले भरियो। उहाँको गौरम चम्कन्छ, उहाँको हातबाट ज्योतिको किरणहरू निस्कियो अनि ती हातहरूमा उहाँको शक्ति लुकेकोछ।
हबकूक 3:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वर फेरि तेमानबाट आउँदै हुनुहुन्छ, पवित्र परमेश्वर पारानका डाँडाहरूबाट आउँदै हुनुहुन्छ। उहाँको महिमाले स्वर्ग ढाकिन्छ, पृथ्वी उहाँको प्रशंसाले भरिएको छ। उहाँ बिजुलीको ज्योतिसित आउनुहुन्छ, उहाँको हातबाट प्रकाश चम्कँदछ, त्यहीँ उहाँको शक्ति लुकेको छ।