उत्पत्ति 8:21-22
उत्पत्ति 8:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसको मीठो बास्ना लिनुभएपछि परमप्रभुले आफ्नो मनमा भन्नुभयो, अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई सराप दिनेछैनँ, यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन्। अहिले मैले गरेजस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्नेछैनँ। “पृथ्वी रहुञ्जेल बीउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, र दिन र रातको अन्त हुनेछैन।”
उत्पत्ति 8:21-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले त्यो मिठो बास्ना लिनुभयो; अनि आफ्नो मनमनै भन्नुभयो: “बाल्यवस्थादेखि नै मानिसको हृदय दुष्टतातिर ढल्केको भए तापनि मानिसको कारणले गर्दा म धर्तीलाई अब फेरि कहिल्यै श्राप दिनेछैनँ। अनि जसरी अहिले मैले गरेको छु, अब फेरि सबै जीवित प्राणीलाई म कहिल्यै नाश गर्नेछैनँ। “पृथ्वी रहेसम्म, बिउ छर्ने र कटनीको समय, जाडो र गर्मी, ग्रीष्म ऋतु र शिशिर ऋतु, दिन र रातको अन्त्य कहिल्यै हुनेछैन।”
उत्पत्ति 8:21-22 पवित्र बाइबल (NERV)
परमप्रभुले त्यस बलिदानहरूको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरूलाई नष्ट पार्ने छैन। जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”
उत्पत्ति 8:21-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
होमबलिको मीठो बासनाले परमप्रभुलाई खुसी पार्यो र उहाँले आफ्नो मनमा भन्नुभयो, “फेरि कहिल्यै पनि म मानिसले गरेका कामका कारणले पृथ्वीलाई सराप दिनेछैनँ। म जान्दछु कि सानै हुँदादेखि नै उसका सोचहरू खराब हुन्छन्। फेरि कहिल्यै पनि म यसपालिको जस्तो सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ। पृथ्वी रहुन्जेल यहाँ बिउ छर्ने र बालि काट्ने समय हुनेछ। सधैँ तातो-चीसो, रात-दिन, गर्मी र जाडोका दिनहरू भइरहनेछन्।”