उत्पत्ति 5:1-5
उत्पत्ति 5:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आदमको लिखित वंश-विवरण यही हो। परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले उनलाई आफ्नै स्वरूपमा बनाउनुभयो। उहाँले तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो। तिनीहरूको सृष्टि भएको दिन उहाँले तिनीहरूलाई आशिष् दिनुभयो र “मानिस” नाउँ दिनुभयो। आदमको उमेर एक सय तीस वर्षको हुँदा उनको आफ्नै प्रतिरूपमा एउटा छोरो जन्म्यो। उनले त्यसको नाउँ शेत राखे। शेतको जन्म भएपछि आदम आठ सय वर्षसम्म बाँचे, र उनका अरू छोराछोरीहरू जन्मे। आदमको जम्मा उमेर नौ सय तीस वर्ष भएको थियो। अनि तिनी मरे।
उत्पत्ति 5:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आदमको वंशको विवरण यही हो: जब परमेश्वरले मानिस जातिलाई सृष्टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो। उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो। आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे। शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए। आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।
उत्पत्ति 5:1-5 पवित्र बाइबल (NERV)
आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिको सृष्टि गर्नुभयो। परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुइ रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो तिनीहरूलाई आशिष दिनु भयो अनि तिनीहरूलाई “मानिस” भन्नुभयो। जब आदम 130 बर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो। सेतको जन्म भएपछि आदम अझ 800 बर्ष सम्म जीवित रहे अनि उनको अरू पनि छोरा-छोरीहरू भए। आदम 930 बर्षसम्म बाँचे र मरे।
उत्पत्ति 5:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आदमको वंशको सूची यस्तो छ। (परमेश्वरले मानिसजातिलाई सृष्टि गर्नुहुँदा आफ्नै रूपमा बनाउनुभयो। उहाँले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो, आशिष् दिनुभयो र ‘मानव’ नाम दिनुभयो।) आदमको उमेर १३० वर्ष हुँदा उसको एउटा छोरो जन्म्यो, जो हेर्दा ऊनीजस्तै थियो र त्यसको नाम उसले शेत राखे। त्यसपछि आदम अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मिए र उनी ९३० वर्ष पुग्दा मरे।