उत्पत्ति 49:3-4
उत्पत्ति 49:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको पहिलो फल, गौरव र शक्तिमा सर्वप्रमुख। पानीजस्तो चञ्चल तँ, तेरो प्रतिष्ठा कायम रहनेछैन, किनभने तेरा बुबाको पलङ्गमा तँ चढ़िस्, र त्यो अशुद्ध पारिस्— तँ मेरो ओछ्यानमा चढ़िस्!
उत्पत्ति 49:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“रूबेन, तँ मेरो जेठा छोरा होस्, मेरो शक्ति, मेरो बलको पहिलो चिन्ह, सम्मानमा विशिष्ट, र शक्तिमा विशिष्ट। तँ पानीझैँ चञ्चल छस्; यसैले इज्जत रहनेछैन; किनकि तँ आफ्ना पिताको ओछ्यानमा चढिस्, मेरो पलङमा चढिस् र त्यसलाई अशुद्ध पारिस्।
उत्पत्ति 49:3-4 पवित्र बाइबल (NERV)
“रूबेन, तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि, अनि शक्तिशाली हुन्छस्। तर तेरो महत्वपूर्ण शक्ति बाढीको पानी जस्तै शक्तिशाली थियो तर तैंले त्यसलाई बचाई राख्न सकिनस्। यहीकारण तँ अरू छोराहरूभन्दा महत्वपूर्ण छैनस्। तँ आफ्नो बुबाको ओछ्यानमा चढिस् अनि उनकी एउटी पत्नीसित सुतिस्। तँ मेरो ओछ्यानमा गइस् अनि त्यसलाई भ्रष्ट पारिस्।
उत्पत्ति 49:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“रूबेन मेरो जेठो छोरो, तँ मेरो बल होस्, मेरो जवानीका दिनको पहिलो छोरो, मेरा छोराहरूमा सबैभन्दा बलियो र गौरवपूर्ण! तँ उर्लंदो पानीको भलजस्तो छस्, तर तँ सबैभन्दा मुख्यचाहिँ हुनेछैनस् किनभने तँ मेरो रखेलसित सुतिस् र आफ्ना बुबाको ओछ्यानलाई अपमान गरिस्।