उत्पत्ति 49:24-25
उत्पत्ति 49:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैपनि त्यसको धनु दह्रो नै रह्यो, र त्यसका पाखुराहरू फूर्तिलै रहे, याकूबका परमशक्तिशालीको हातद्वारा, ती गोठाला, इस्राएलको चट्टानद्वारा, अर्थात् तेरा बुबाका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई आशिष् दिनुहुन्छ— माथि स्वर्गका आशिष्हरू, तल अगाधका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू।
उत्पत्ति 49:24-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर त्यसको धनु स्थिर रह्यो; त्यसका बलिया पाखुराहरू फूर्तिला रहे; त्यो याकोबका सर्वशक्तिमान्को हातले गर्दा त्यो गोठाला, इस्राएलका चट्टानले गर्दा भएको थियो; तेरा पिताका परमेश्वर, जसले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान्, जसले तँलाई माथि स्वर्गका आशिष्हरू, तल भएको समुद्रका आशिष्हरू, स्तन र गर्भका आशिष्हरू दिनुहुन्छ।
उत्पत्ति 49:24-25 पवित्र बाइबल (NERV)
तर दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा उसले लडाँई जित्यो। याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन्। आफ्ना बाबुका परमेश्वरबाट उसले शक्ति पाउनेछ।
उत्पत्ति 49:24-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर इस्राएलको रक्षक र गोठाला, याकूबको सामर्थी परमेश्वरको शक्तिले त्यसको धनु दरिलो रहनेछ र त्यसका पाखुरा बलिया बनाइनेछन्। तेरा बुबाका परमेश्वरले तँलाई सहायता गर्नुहुन्छ, सर्वशक्तिमान् परमेश्वरले तँलाई आशीर्वाद दिनुहुन्छ उहाँले तँलाई आकाशदेखि वर्षा, पृथ्वीमुनिको गहिरो पानी, धेरै-धेरै बालबच्चाहरू