उत्पत्ति 48:15-16
उत्पत्ति 48:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनले योसेफलाई आशीर्वाद दिएर भने, जुन परमेश्वरको सामुन्ने मेरा पिता अब्राहाम र इसहाक हिँड्थे, जुन परमेश्वरले मेरो जीवनभरि आजसम्म मलाई डोर्याउनुभएको छ, ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन्। यिनैमा मेरो नाउँ अमर भइरहोस्, र मेरा पिता अब्राहाम र इसहाकका नाउँ अमर होऊन्। र पृथ्वीमा यिनीहरू अनगन्ती भई संख्यामा बढून्।
उत्पत्ति 48:15-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब उनले योसेफलाई आशिष् दिएर भने, “जुन परमेश्वरको सामु मेरा पिता अब्राहाम र इसहाक विश्वासयोग्य भएर हिँडे, जुन परमेश्वर मेरो जीवनभरि आजसम्म मेरो गोठालो भएर रहनुभएको छ, ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशिष् देऊन्। तिनीहरूद्वारा नै मेरो नाम, र मेरा पिता अब्राहाम र इसहाकको नाम अमर होऊन्; अनि पृथ्वीमा यिनीहरूको संख्या अनगन्ती होस्।”
उत्पत्ति 48:15-16 पवित्र बाइबल (NERV)
अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने, “मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे, अनि परमेश्वरले नै मेरो जीवनभरि डोर्याउँनु भयो। उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो। अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ। मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्। तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”
उत्पत्ति 48:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब उनले योसेफलाई यसरी आशीर्वाद दिए– “अब्राहाम मेरा बाजे र इसहाक मेरा बुबाले सेवाभक्ति गरेका परमेश्वरले यी बालकहरूलाई आशीर्वाद देऊन्! मलाई आजसम्म डोर्याउनुहुने परमेश्वरले यी दुईलाई आशीर्वाद देऊन्! मलाई सारा आपत्-विपत्देखि बचाउने स्वर्गदूतले यिनीहरूलाई आशीर्वाद देऊन्! यी बालकहरूद्वारा मेरा, मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकको नाम अमर रहोस्। यिनीहरूका धेरै छोरा-छोरीहरू र धेरै सन्तान होऊन्।”