उत्पत्ति 41:39-40
उत्पत्ति 41:39-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई सबै कुरा देखाइदिनुभएको छ, र तिमीजस्तो चतुर र बुद्धिमान् मानिस अरू छैन। यसकारण मेरो महलको अख्तियार चलाउने तिमी नै भयौ, र तिम्रै आज्ञाअनुसार मेरो समस्त प्रजा चल्नेछ। केवल सिंहासनको सम्बन्धमा मात्र म तिमीभन्दा माथि हुनेछु।”
उत्पत्ति 41:39-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब फारोले योसेफलाई भने, “परमेश्वरले तिमीलाई यी सबै कुरा प्रकट गरिदिनुभएको कारण तिमीजस्तो विवेकशील र बुद्धिमानी मानिस अरू कोही छैन। तिमी मेरो राजमहलका हर्ताकर्ता हुनेछौ, र मेरा सबै प्रजा तिम्रो हुकुमको अधीनमा हुनेछन्। सिंहासनको विषयमा मात्र म तिमीभन्दा ठूलो हुनेछु।”
उत्पत्ति 41:39-40 पवित्र बाइबल (NERV)
यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन। तिमी नै एक जना हौ जो यस देशको राज्यपाल हुन सक्ने अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्ने छन् तिमी जे भन्छौ, आज्ञा पालन गर्नेछन्। म मात्र एकजना व्यक्ति हुनेछु जो तिमी देखि माथि रहनेछु।”
उत्पत्ति 41:39-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि राजाले योसेफलाई भने, “यी सबै कुरा तिमीलाई परमेश्वरले देखाउनुभएको हो। तिमीभन्दा बढी ज्ञान र बुद्धि भएको मानिस अरू कोही छैन। यो सफा बुझिएको छ। तिमीलाई म मेरा देशमाथि शासक खटाउनेछु। मेरो सारा प्रजाले तिम्रो आज्ञा मान्नेछन्। मेरो पछि दोस्रो अधिकार तिम्रो हुनेछ।