उत्‍पत्ति 39:1-4

उत्‍पत्ति 39:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब योसेफ मिश्रमा लगिए, र फारोका एक जना अधिकृत, अङ्गरक्षकका कप्‍तान पोतीफर भन्‍ने एक जना मिश्रीले तिनलाई त्‍यहाँ ल्‍याउने इश्‍माएलीहरूका हातबाट किने। परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो, र त्‍यहाँ तिनको उन्‍नति भयो। तिनी आफ्‍ना मिश्री मालिकको घरमा बस्‍थे। तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्‍नति गराउनुभएको देखे। यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्‍नो घरको मुख्‍य कारिन्‍दा तुल्‍याएर उनीसँग भएका सब थोकको जिम्‍मा तिनलाई दिए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 39 पढ्नुहोस्

उत्‍पत्ति 39:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब योसेफलाई तल इजिप्टमा लगिएको थियो। फारोका अधिकारी, अङ्गरक्षकका सेनापति पोतिफर भन्‍ने इजिप्टियनले तिनलाई त्यहाँ लैजाने इश्माएलीहरूबाट किने। याहवेह योसेफसित हुनुभएकोले तिनको उन्‍नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्‍न लागे। जब तिनका मालिकले याहवेह योसेफको साथमा हुनुभएको र तिनले गरेका सबै कुरामा उहाँले आशिष् दिनुभएको देखे, योसेफले उनको दृष्‍टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 39 पढ्नुहोस्

उत्‍पत्ति 39:1-4 पवित्र बाइबल (NERV)

जुन व्यापारीले यूसुफलाई किन्यो उनले यूसुफलाई मिश्र देशमा लिएर गए। उनले यूसुफलाई फिरऊनको अगंरक्षकहरूको सेनापतिलाई बेचिदियो। तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो। पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ। यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 39 पढ्नुहोस्