उत्‍पत्ति 36:1-8 - Compare All Versions

उत्‍पत्ति 36:1-8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

एसाव, अर्थात्‌ एदोमको वृत्तान्‍त यही हो। एसावले कनानी स्‍त्रीहरूमध्‍येबाट पत्‍नी ल्‍याए: अर्थात्‌ हित्ती एलोनकी छोरी आदा र हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा, तथा इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत। एसावबाट आदाले एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन्, अनि ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्‍माइन्‌। कनान देशमा जन्‍मेका एसावका छोराहरू यी नै हुन्‌। आफ्‍ना पत्‍नीहरू, छोराछोरीहरू, र तिनको घरका सबै मानिसहरू, गाईबस्‍तुहरू, र तिनका अरू जम्‍मै पशुहरू र कनान देशमा प्राप्‍त गरेका सबै सम्‍पत्तिहरू लिएर एसाव आफ्‍नो भाइ याकूबबाट छुट्टिएर अर्को देशमा गए। धेरै धन-सम्‍पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्‍न सकेनन्‌। तिनीहरूका गाईबस्‍तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। यसकारण एसावले (अर्थात्‌ एदोमले) सेइरको देशमा बसोबास गरे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 36 NNRV

उत्‍पत्ति 36:1-8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

एसाव (अर्थात् एदोम) को विवरण यही हो। एसावले कनानी स्त्रीहरूबाट हित्ती एलोनकी छोरी आदा, हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा, र नबायोतकी बहिनी इश्माएलकी छोरी बासमतलाई पनि आफ्नी पत्नी तुल्याए। एसावको निम्ति आदाले एलीपज, बासमतले रूएल, अनि ओहोलीबामाले येऊश, यालाम र कोरह जन्माइन्। यिनीहरू एसावका छोराहरू थिए, जो कनानमा जन्मेका थिए। एसाव आफ्ना पत्नीहरू, छोराहरू, छोरीहरू, आफ्ना घरानाका सदस्यहरूका साथै गाईबस्तु र आफ्ना सबै जनावरहरू र तिनले कनानमा प्राप्‍त गरेका सबै कुराहरू लिएर आफ्नो भाइ याकोबदेखि टाढा अर्कै देशमा गए। तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्‍न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्‍न सकेन। यसकारण एसाव (अर्थात् एदोम) सेइरको पहाडी मुलुकमा बसोबास गरे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 36 NCV

उत्‍पत्ति 36:1-8 NERV (पवित्र बाइबल)

एसावको पारिवारिक इतिहास यही हो। एसावले कनानी स्त्रीहरूसित विवाह गरे। तिनीहरू थिएः हित्ती एलोनकी छोरी आदा, अन्नाकी छोरी ओहोलीबामा अनि हिव्वी सिनीकी नातिनी अनि बासमत-इश्माएलकी छोरी अनि नबायोतकी बहिनी। एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्। अनि ओहोलीबामाका तीन जना छोराहरू थिएः तिनीहरूको नाउँ-यऊश, यालाम अनि कोरह। तिनीहरू एसावका छोराहरू थिए जो कनान भूमिमा जन्मे। याकूब अनि एसावाका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्नले तिनीहरूलाई पुग्न असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए। कनानमा हुँदा उनले यी सब चीजहरू प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसँग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढ्दै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो। त्यस भूमिबाट दुइ परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लागे (एसावको नाउँ एदोम अनि सेइर पनि हो।)

शेयर गर्नुहोस्
उत्‍पत्ति 36 NERV

उत्‍पत्ति 36:1-8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

एसाव, जसलाई एदोम पनि भनिन्‍थ्यो, उनका सन्‍तान यिनै हुन्। एसावले कनानी स्‍त्रीहरू विवाह गरे। उनले हित्ती एलोनकी छोरी आदा, हिव्‍वी सिबोनको छोरा अनाकी छोरी ओहोलीबामा र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमतलाई विवाह गरे। आदाले एलीपजलाई, बासमतले रूएललाई जन्‍माए र ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्‍माए। एसावका यी सबै छोराहरू कनान देशमा जन्‍मेका थिए। त्‍यसपछि एसाव आफ्‍ना स्‍वास्‍नीहरू र छोरा-छोरीहरू, घरका सबै पुरुषहरू र स्‍त्रीहरू र गाई-वस्‍तुहरू अनि कनान देशमा कमाएका सारा धन-सम्‍पत्तिसाथ लिएर हिँडे र आफ्‍नो भाइ याकूबदेखि टाढा अर्कै देशमा गए। आफू बसेको जमिनमा दाजुभाइ दुवैका जीविका नचल्‍ने भयो, ती दुईका धेरै गाई-वस्‍तुहरू भए र तिनीहरू एक साथ बस्‍न सकेनन्। यसकारण एसाव सेइरको पहाडी देशमा गई बस्‍न लागे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 36 सरल नेपाली