उत्पत्ति 29:31-35
उत्पत्ति 29:31-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले देख्नुभयो कि लेआले राहेलको भन्दा कम प्रेम पाउँथी। यसकारण उहाँले उनको कोख खोलिदिनुभयो। तर राहेल बाँझी नै रहिन्। लेआले गर्भवती भएर एउटा छोरो जन्माइन्। उनले भनिन्, “परमप्रभुले मेरो दु:ख हेर्नुभयो, अब मेरा लोग्नेले मलाई प्रेम गर्नेछन्।” उनले बालकको नाम रूबेन राखिन्। उनले फेरि गर्भवती भएर अर्को छोरा जन्माइन्। उसले “परमप्रभुले मलाई यो छोरा पनि दिनुभयो किनभने म प्रेम पाउँदिनँ भनी उहाँले सुन्नुभयो” भनिन् र त्यसको नाम शिमियोन राखिन्। उनी फेरि गर्भवती भएर अर्को छोरा जन्माइन्। “अब मेरो लोग्ने मसँग बाँधिनेछन् किनभने मैले उनका निम्ति तीनवटा छोरा पाइसकें,” भनेर उनले त्यसको नाम लेवी राखिन्। फेरि पनि गर्भवती भएर उनले अर्को छोरा जन्माइन्। उनले “यसपालि म परमप्रभुको प्रशंसा गर्नेछु,” भनेर त्यसको नाम यहूदा राखिन्। त्यसपछि उनले छोरा-छोरी जन्माउन छोडिन्।
उत्पत्ति 29:31-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
लेआलाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो। तर राहेलचाहिँ बाँझी नै रहिन्। लेआ गर्भवती भएर एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ यसो भनेर रूबेन राखिन्, “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ। अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ।” तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्। तिनले भनिन्, “म अवहेलित भएकी छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो।” र तिनले त्यसको नाउँ शिमियोन राखिन्। तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माएर भनिन्, “यस पाली त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तीन जना छोराहरू पाइसकें।” यसकारण त्यसको नाउँ लेवी राखियो। तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्यसको नाउँ यहूदा राखियो। त्यसपछि तिनले जन्माउन छोड़िन्।
उत्पत्ति 29:31-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब याहवेहले लेआलाई प्रेम नपाएकी देख्नुभयो, तब उहाँले तिनको कोख खोलिदिनुभयो; तर राहेलचाहिँ बाँझी रहिन्। लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रूबेन राखिन्; किनकि तिनले भनिन्, “योचाहिँ याहवेहले मेरो कष्ट देख्नुभएको कारणले हो। निश्चय नै मेरा पतिले अब मलाई प्रेम गर्नुहुनेछ।” तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “किनकि मैले प्रेम पाइनँ भनेर याहवेहले सुन्नुभएको छ; र उहाँले मलाई यो छोरा पनि दिनुभयो।” यसकारण तिनले त्यसको नाम शिमियोन राखिन्। तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “अब यस पटक त मेरा पति मसँगै मिल्न आउनुहुनेछ; किनकि मैले उहाँका निम्ति तीन वटा छोरा पाइसकेँ।” यसकारण त्यसको नाम लेवी राखियो। तिनी फेरि गर्भवती भइन्, र त्यो छोरा जन्माउँदा तिनले भनिन्, “यस पटक म याहवेहको प्रशंसा गर्नेछु।” यसकारण तिनले त्यसको नाम यहूदा राखिन्। त्यसपछि तिनले छोराछोरी जन्माउन छोडिन्।
उत्पत्ति 29:31-35 पवित्र बाइबल (NERV)
परमप्रभुले जान्नु हुन्थयो, याकूबले राहेललाई लेआ भन्दाबेशी माया गर्थे। यसर्थ परमप्रभुले लेआलाई एउटा नानी जन्माउन सक्ने योग्य बनाउनु भयो तर राहेल बाँझी रहिन्। लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।” लेआ फेरि गर्भवती भइन् अनि अर्को छोरो जन्माईन्। उनले त्यस छोरोको नाउँ शिमोन राखीन्। लेआले भनीन्, “परमप्रभुले सुन्नु भयो मैले प्रेम पाइन, यसर्थ उहाँले यो छोरो दिनुभयो।” लेआ फेरि गर्भवती भई र छोरो जन्माई। उनले यो छोरोको नाउँ लेवी राखी। लेआले भनी, “अब, निश्चय मेरा पतिले मलाई प्रेम गर्नेछन्। मैले तिनलाई तीनवटा छोराहरू दिएँ।” त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहूदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखीन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”