उत्‍पत्ति 25:32-33 - Compare All Versions

उत्‍पत्ति 25:32-33 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

एसावले भने, “म त मर्नै आँटें। अब मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?” याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्‍नुहोस्‌।” तब उनले शपथ खाए, र आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 25 NNRV

उत्‍पत्ति 25:32-33 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

एसावले भने, “हेर, म त मर्नै लागेको छु। अब मेरो निम्ति ज्येष्‍ठ अधिकारको के काम?” तर याकोबले भने, “पहिले शपथ खाएर मलाई भन।” यसकारण तिनले शपथ खाए, र आफ्नो ज्येष्‍ठ अधिकार याकोबलाई बेचे।

शेयर गर्नुहोस्
उत्‍पत्ति 25 NCV

उत्‍पत्ति 25:32-33 NERV (पवित्र बाइबल)

एसावले भने, “म भोकले मर्न आँटेकोछु। यदि म मरें भने मेरो बाबुको सबै सम्पत्तिले पनि केही सहायता गर्न सक्तैन। यसर्थ म मेरो अंश दिइहाल्छु।” तर याकूबले भने, “पहिले मलाई वचन दे तैंले मलाई त्यो दिन्छस्।” यसकारण एसावले याकूबलाई वचन दियो। एसावले आफ्नो बाबुको सम्पत्तिको आफ्नो जेष्ठ-अधिकार याकूबलाई बेचि दियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 25 NERV

उत्‍पत्ति 25:32-33 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

एसावले भने, “हुन्‍छ, म भोकले मर्न आँटेको छु, यो अधिकार मलाई काम लाग्‍ने हो र?” याकूबले उत्तर दिए, “पहिले मलाई आफ्‍नो अधिकार दिन्‍छु भनी शपथ खाऊ।” एसावले शपथ खाए र आफ्‍नो अधिकार याकूबलाई दिइहाले।

शेयर गर्नुहोस्
उत्‍पत्ति 25 सरल नेपाली